Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखोपको आवश्यकता

खोपको आवश्यकता


काठमाडौं । भरखरै सम्पन्न सबै प्रकारका चाडपर्वलायृ आम नागरिकले भव्यताकासाथ मनाएका पाइयो । केन्द्रिय राजधानीबाट बाहिरभित्र गर्ने नागरिकहरुको सख्यामात्रै २५ लाखको हाराहारीमा रहेका भन्ने विवरणहरु सार्वजनिक भएका थिए त्यसबेला । यो दशै तिहार र छठको सन्दर्भ हो । यी पर्व राष्ट्रव्यापी र ठूलोसख्याको चलायमान हुनेमा पर्छन । गएको वर्ष एक प्रकारले मान्छेहरु जहाँ थिए त्यहीबसेका अवस्था थियो । कारणमा थियो कोरोनाको प्रकोप । चालु वर्षको प्रारम्भका तीनमहिना आघिल्लो वर्षका भन्दा प्रकोप बढेको थियो । उपचारसन्दर्भमा अक्सिजनको अभावमा थोककाथोकमा गणना हुने गरी मानवीयक्षति भयो । अस्पतालको बेड नपाउनेसन्दर्भको त्रासदी यस्तो थियो त्यो यतिबेला कोही समझनपनि चाहँदैनन । यसका बावजुद पनि यी पर्वहरु भव्यतासाथ मनाइए । यद्यपि योभडिभाडको कस्तो परिणाम आउला भन्ने अझै अन्योलमै छ । यस्तोजमघमटको दुइतीनहप्ता पछि तयसको प्रभाव प्रकट हुन थाल्ने हो । तर मानिसहरुमा यो प्रकोप विरुद्ध आत्मविश्वास बढेको पाइयो जसको कारण हुनुपर्छ खोप ।

यस्तोखोपलार्य सरकारले चैत मसान्तसम्ममा आमनागरिक समक्ष पु-याइसक्ने भनेको छ । त्यो बेलासम्मको लक्षितबर्गभनको सबै नागरिक परेको अवस्था हो । सरकारले कोभिड–१९ विरुद्धको खोप यो मितिभित्र सबैलाई दिइसक्ने भनी लक्ष्य निर्धारणगर्दा यसको उपलव्धतामा यति सहजता थिएन । यो गएको साउनको कुरा हो । अहिले भने त्यस्तो अवस्था छैन । सरकारले चाहेको खण्डमा जतिपनि खोप उपलव्धहुने अवस्था देखिन्छ । सरकारले समयसीमाको निर्धारण गरे अनुसारनै खोप लगाउने र आयात र वितरणको व्यवस्था गरेको हुनुपर्छ । तर यस्तो हुँदाहुँदैपनि खोप भने सर्वसुलभ भएको छैन । जसले जुनबेला चाहेका हुन उनले त्यो बेलामा आाफुलाई पायकपर्ने ठाउँमा गएर खोप लाउनपाउने व्यवस्था जवसम्म हुँदैन तवसम्म यसलाई सुलभ मान्न हुँदैन । यतिबेला सरकारले दिनुपर्ने नारा हो नेपालमा अब सबैका लागि कोभिड–१९ विरुद्धको खोप उपलव्ध छ । त्यो सन्देश दिनुपर्छ यदि उपलव्धता पर्याप्त छ भने । उपलव्धताको पर्याप्त भनेको चाहेको बेलामा पाउनु हो । नेपाललाइ कुनदेशले कति खोप दिन तायर भए भन्ने करिव निरन्तर आइरहेका समाचारले त्यस्तो उपलव्धताको पर्याप्तता बुझाउछ । यस्तो बेला अवसबैलार्य खोप किन नभन्ने र निर्धारितभन्दा सयम अझयता किन नतान्ने भन्ने प्रश्न हुनसक्तछ ।

यतिबेलासम्म उपलव्ध भएका खोपका मात्राहेर्दा योसम्भव छ भन्ने देखाउछ । नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउन १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जना नागरिक रहेको वताइएको छ । अहिलेसम्म ७४ लाख ६४ हजार ९१४ जनाले दुवै डोज खोप लगाइसकको छन । पहिलोडोज लगाउनेकासख्या ८७ लाख ४७ हजार ७१२ छ । स्वाभाविक छ यदि दोस्रोडोज लगाउने खोप रहेछ भने अवको एकमहिनाभित्र यो सख्याले त्यो खोप पाइसक्ने छ । त्यसपछि एककरोड ६०लाखको सख्याले खोप पाइसकेको भन्ने हुन्छ । खोपको उपलव्धता छ भने यो अवको एकमहिनामै हुने काम हो। सरकारी विवरण अनुसार हालसम्म नेपालमा दुई करोड २५ लाख डोज कोभिड–१९ विरुद्धको खोप भित्रिसकेको छ । यहीरफ्तारले ल्याइदा अवको एकडेढ महिनामा तीन करोड ४२ लाख १२ हजार २०० डोज खोप आइपुग्नेछ जो यतिबेला पाइपलाइनामा रहेका वताइएको छ । यसले केवताउछ भने खोपको सहजता बढदैछ । सरकारले चैत्रको साटो पुस वा माघमसान्तको मितिभित्र सबैलाई खोपभन्ने नारा लगाउन थाले हुने संकेत हुन यी । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x