विकास बैंकहरूमा शून्य दशमलव २३ देखि सात प्रतिशतसम्म खराब कर्जा
वित्तीय विवरण सार्वजनिक गर्ने १५ मध्ये सात वटामा खराब कर्जा घट्दा आठवटामा बढ्यो
काठमाडौं । विकास बैंकहरुमा सात दशमलव पाँच प्रतिशतसम्म कर्जा खराब देखिएको छ । सञ्चालनमा रहेका १८ मध्ये हालसम्म १५ वटाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा न्यूनतम शून्य दशमलव २३ देखि अधिकतम सात दशमलव पाँच प्रतिशतसम्म कर्जा खराब देखिएको हो । सोमध्ये पनि सबैभन्दा बढी खराब कर्जा नारायणी डेभलपमेन्ट बैंकमा देखिएको छ भने सबैभन्दा कम खराब कर्जा मुक्तिनाथ विकास बैंकमा देखिएको छ ।
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नेहरुमा कामना सेवा, सांग्रिला, लुम्बिनीसहितका छवटा विकास बैंकहरुमा खराब कर्जा एक प्रतिशतको हाराहारीमा रहेको छ भने तीनवटामा तीन प्रतिशतको हाराहारीमा कर्जा खराब रहेको छ । यीबाहेक तीनवटामा एक प्रतिशतभन्दा तल खराब कर्जा रहेको छ भने बाँकीमा भन खराब कर्जाको अनुपात उच्च रहेको छ । जसमध्ये नारायणी डेभलपमेन्ट बैंकमा चालू आवको पहिलो त्रैमासिकमा सात दशमलव पाँच प्रतिशत कर्जा खराब रहेको छ ।
गत आवको सोही अवधिमा नारायणीमा यस्तो कर्जाको अनुपात ७२ दशमलव ९८ प्रतिशत रहेको छ । गत आवको पहिलो त्रैमासिकमा चार दशमलव ४७ प्रतिशत कर्जा खराब रहेको सिन्धु विकास बैंकमा भने चालू आवको पहिलो त्रैमासिकमा यस्तो कर्जाको अनुपात बढेर छ दशमलव ६४ प्रतिशत पुगेको छ । एक्सेल डेभलपमेन्ट बैंकमा भने पछिल्लो त्रैमासिकमा तीन दशमलव ८९ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा एक्सेलमा यस्तो कर्जाको अनुपात चार दशमलव ९२ प्रतिशत रहेको थियो ।
यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकमा भने चालू आवको पहिलो त्रैमासिकमा क्रमशः तीन दशमलव ७० र तीन दशमलव आठ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात चार दशमलव ९७ र दुई दशमलव ३६ प्रतिशत रहेको थियो । ग्रिन डेभलपमेन्ट बैंकमा भने गत आवको पहिलो त्रैमासिकमा चार दशमलव चार प्रतिशत कर्जा खराब रहेकोमा चालू आवको पहिलो त्रैमासिकमा यस्तो कर्जाको अनुपात घटेर दुई दशमलव ४५ प्रतिशतमा झरेको छ । कर्णाली, कामना सेवा र सांग्रिला विकास बैंकमा भने खराब कर्जा चालू आवको पछिल्लो त्रैमासिकमा क्रमशः एक दशमलव ८५, एक दशमलव ७९ र एक दशमलव ६४ प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ८०, दुई दशमलव ६४ र एक दशमलव २९ प्रतिशत रहेको थियो ।
चालू आवको पहिलो त्रैमासिकमा लुम्बिनी, गरिमा र शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा भने खराब कर्जाको अनुपात क्रमशः एक दशमलव ३१, एक दशमलव चार र एक दशमलव एक प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ३६, शून्य दशमलव ७१ र दुई दशमलव ६८ प्रतिशत रहेका थिए । यीबाहेक मितेरी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकमा भने खराब कर्जाको अनुपात चालू आवको पहिलो त्रैमासिकमा क्रमशः शून्य दशमलव ९६, शून्य दशमलव ६८ र शून्य दशमलव २३ प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ३२, शून्य दशमलव ६५ र शून्य दशमलव १२ प्रतिशत रहेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया