काठमाडौं । कुनै पनि घर वा संस्थाको ढोकामा ताल्चा लाग्नु प्रतीकात्मक रुपमा पनि त्यसभित्र प्रवेश निषेधकोे संकेत हो । सर्वोच्च अदालतको ढोकामा यो पटक त्यस्तै भयो । सुरक्षाका लागि भनेर त्यसको मूल गेटमा भोटेताल्चा लगायो । यो ताल्चाका कारण त्यो संस्थाका प्रमुख प्रधानन्यायाधीश स्वयं मूलढोकाबाट प्रवेश पाएनन् । उनले चोरबाटो रोज्नुप-यो । यो अदालतलाई त्यस दिन खतरा मानियो कानुनकर्मीहरु । पाँच/सात दशकदेखि निरन्तर वरिष्ठ अधिवक्तादेखि अधिवक्ताहरु अदालतका शत्रु मानिए । न्यायाधीशहरु जो इजलासमा बसेर न्यायसम्पादन गर्छन्, उनीहरु समेतका लागि यो ताला जो प्रवेशनिषेध भन्ने अर्थ लाग्छ । न्यायको अपेक्षा गर्ने सर्वसाधारण नागरिकको त कुरै भएन । अदालतभित्र प्रधानन्यायाधीश, न्यायाधीश र वकिलहरु नै प्रवेश नपाएपछिको अवस्थामा नागरिकले के न्याय पाउने भन्ने उल्लेख भइरहनुपर्दैन ।
यस दिन, (कात्तिक २६) सर्वोच्च अदालतपरिसर कुनै युद्धभूमिजस्तो देखिएको थियो । बाहिर होस् कि र भित्र सबैतिर सशस्त्र प्रहरी र दंगा नियन्त्रणका लागि परिचालन हुने नेपाल प्रहरी मात्रैको उपस्थिति र घेराबन्दी रह्यो । प्रहरीको यस्तो उपस्थिति सामान्य अवस्थामा हुँदैन । न्यायका लागि प्रतीक बनेका गोर्खाका राजा रामशाहका नामबाट रामशाहपथ नाम राखिएको कारण यो ठाउँमा सर्वोच्च अदालत रहनु र त्यसले त्यसरी नै न्याय दिन्छ भन्ने आशय थियो । यसकै परिसरमा सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ताको कार्यालय छ । अर्कोतर्फ नेपालबार तथा सर्वोच्च बारको कार्यालय । ती सबै प्रहरीकै घेरामा थिए ओल्लोदेखि पल्लो छेउसम्म नै ।
सामान्यतया अदालत १० बजेदेखि खुल्छ । यो दिन प्रहरीको यस्तो उपस्थिति बिहान ९ बजेदेखि नै कायम गराइएको थियो । एकातिर कालोकोट धारी वकिल र अर्कोतिर प्रहरीको हतियारदेखिका पहिरन पनि कालै । वास्तवमा नै रामशाहपथ यो दिन ठूलो रणभूमिमा परिणत हुनलागेको भन्ने सन्देश दिन्थ्यो यस्तो उपस्थितिले । प्रहरी अधिकृतहरूका आदेश र चहलपहल तथा उनका वाकीटकी वार्ताका दृश्य पनि सामान्य थिएनन् । यो दिन सर्वसाधारणले न्यायालय त परै जाओस् त्यो बाटो पनि प्रयोग गर्न पाएनन् । सर्वोच्च अदालतको प्रशासन हो कि प्रहरी कसको पहलमा यस्तो तालाबन्दी र ताला लागेको ढोकालाई पनि त्यस्तो सुरक्षा दिन लगाइयो त्यो आफैँमा सामान्य थिएन ।
अदालत भनेको हतियार अर्थात् हिंसाको कतै शंका समेत नरहेको क्षेत्र हो । बौद्धिकताको प्रतीक पनि । अधिवक्ताहरु बन्द ढोकामै बसेका थिए बार पदाधिकारीको अगुवाइमा । बार एसोसिएसन पनि अदालतकै एउटा अंग हो । त्यसले बहस गरेन भने अदालत चल्दैन । जब कानुन व्यवसायीहरू सर्वोच्च अदालतको मूलगेटमा पुगे, लगत्तै त्यो ठाउँमा प्रधानन्यायाधीशका पक्षमा नाराबाजी चलेको थियो । यसले के संकेत ग-यो भने प्रधानन्यायाधीश आफ्ना पक्षमा केही मानिसहरु उतारिरहेका छन् जसले पछि धर्नामा बसेको वा बस्नलागेका कानुनकर्मीमाथि हातपात गर्न पनि पछि परेनन् । कानुनको व्याख्या गर्ने निकाय एउटा हिंसाको केन्द्र बन्न गयो त्यस दिन ।
अदालतमा २०४६ चैतको एक दिन चार मिनेट अदालतको ढोकामा ताला लागेको रहेछ । यो वयोवृद्ध अधिवक्ता जसले ६५ वर्ष अघिदेखि निरन्तर बहस गर्दै आएका छन् उनले यस्तो अनुभव सुनाए त्यसबेला जनआन्दोलनको सन्दर्भमा यस्तो भएको रहेछ । यो पटक पनि ताला लाग्नुपर्ने कारणमा आन्दोलन नै हो तर अदालतभित्रको । अदालतमा शुद्धीकरण हुनुपर्छ भन्दै आन्दोलनरत छन न्यायकर्मीहरु । यस्तो दुःखद अवस्था अब धेरै लम्बिन हुँदैन । निकास खोज नत्र यसको अर्थ अन्यथा हुने गरी लाग्न सक्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया