मेरो माइक्रोफाइनान्स १०औँ वर्षमा प्रवेश
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड १०औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौँ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शुक्रबार एक अनौपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा मेरोमाइफोफाइनान्सले नेपालको लघुवित्त क्षेत्रमा छुट्टै किसिमको ब्राण्ड बनाएको बताए ।
देशका गणनीय सातवटा वाणिज्य बैंक र एक विकास बैंकबाट संयुक्त रुपमा प्रवर्द्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहने गरी २०६९ कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना संस्थाले ग्राहक सुहाउँदो विभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जातर्फ विना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जाअन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिट्यान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङलगायतका सेवा प्रदान गरिरहेको छ ।
संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय सेवा पु-याएको संस्थाले नवौँ वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा एक सय ४९ शाखा सञ्जालमार्फत एक लाख ५० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु-याउन सफल रहेको छ । त्यसैगरी हालसम्म दुई अर्ब ७० करोडबराबर निक्षेप संकलन गरी १५ अर्ब ३० करोडभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।
संस्थाले यसरी आफ्नो कारोबार वृद्धि गर्दै जाँदा पर्नसक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र संस्थाले सांगठनिक संरचना, विभिन्न आठवटा विभाग र १३ वटा अनुगमन स्टेसनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल रहेको जानकारहरु बताउँछन् । संस्थाले अवलम्बन गरेको कार्यशैली एवं रणनीति, कुशल नेतृत्व, सन्तुष्ट कर्मचारी संगठनले नै संस्थाको छवि कायम राख्न सफल रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया