एनएमबी बैंकको एआईमा अधारित ‘भिडियो केवाईसी’ नेपाली बैंकिङ जगतमै पहिलो
काठमाडौं । एनएमबी बैंकले भिडियो केवाईस, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमौ रही खाता खोली कोरोबार गर्न सकिने योजना सञ्चालनमा ल्याएको छ । बैंकले नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक भएको दाबी समेत गरेको छ । बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवामार्फत अब ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत अनलाइन नायाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नजो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्दछन् ।
‘एनएमबीले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दै छ । ग्राहकहरूले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधिहरू सञ्चालन गर्न सक्दछन् । हालको परिवेशमा पनि यसप्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ कारोबार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मूल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलाइन्स फर भ्यालु बेस्ड बैंकिङ सदस्यका नाताले वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच बैंकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । बैंकले पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । एनएमबी बैंक नेपालकै अग्रणी बैंक हो भने शाह टेलिभिजनको इडिटिङ, म्युजिक भिडियो हुँदै नेपालको सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदीयमान अभिनेतामध्ये एक हुन् ।
एक प्रेस वक्तव्य जारी गर्दै बैंकले शाहसँग दुईपक्षीय समझदारी भएको जनाएको छ । शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ । एनएमबी बैंकको ब्राण्ड एम्बेसेडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता शाहले व्यक्त गरे । शाहलाई एनएमबी बैंक परिवारमा ब्रान्ड एम्बेसेडरका रूपमा अफिसियल स्वगत गर्न पाउँदा खुशी लागेको बैंकले जनाएको छ । जरी शाहले अभिनयसँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन् त्यसैगरी एनएमबी बैंकले पनि सामाजिक उत्तरदायित्वलाई मूल धारमा राखी कार्य गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया