जनकपुरधाम । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश नम्बर दुई सरकारले साइकल खरिदमा भ्रष्टाचार गरेको प्रारम्भिक चरणको अनुसन्धानमा देखिएको बताएका छन् ।
साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको भन्दै उनले दोस्रो चरणको अनुसन्धान सुरु गरेको जानकारी दिए । सोमबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले दोस्रो चरणको अनुसन्धानपछि त्यसमा संलग्न पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गर्ने बताए ।
गत असोज १३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलिले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धित कागजात नियन्त्रणमा लिएको थियो । प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऔँ, बेटी बचाऔँ’ कार्यक्रमअन्तर्गत प्रदेशभरिका कक्षा ८ मा पढ्ने छात्राहरूलाई साइकल बाँड्न विगत दुई वर्षदेखि साइकल खरिद गरी वितरण गरिरहेको छ ।
कोरोनाकालमा पनि प्रदेश सरकारले साइकल खरिद गरी विभिन्न विद्यालयमा वितरण गरेको थियो । छात्राहरूलाई विद्यालयमा सहज पहुँचका लागि ल्याइएको यो अभियानलाई मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित मन्त्रालयलाई नदिई आफैँअन्तर्गत राखेर विभिन्न ठाउँमा साइकल बाँढ्दै आएका छन् ।
बजारमा पाइने ब्रान्डेड साइकलको मूल्यको तुलनामा महँगोमा खरिद गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल वितरण गरेको भन्दै चर्को विरोध भएपछि अख्तियारले छापा मारेको थियो । अख्तियारले गरेको छापामारीको विरोधमा जनता समाजवादी पार्टीले जनकपुरधामलगायतका क्षेत्रमा मसाल समेत बालेर विरोध जनाएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया