नोकिया ६३१० सार्वजनिक
काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले ब्रान्ड–न्यू नोकिया ६३१० को घोषणा गरेको छ । यस उपकरणले २.८ इन्च स्क्रिनको साथ नोकिया ६३१० को ओरिजिनल र आइकोनिक सिल्हूटलाई प्रस्तुत गर्दछ ।
कम्पनीका अनुसार यसमा एक्सेसिबिलिटीको सुविधाहरू, लामो ब्याट्री जीवन, बिल्ट टु लास्ट कडा शरीर र पहिलेको प्रसिद्ध स्नेक गेम उपलब्ध रहेको छ । नोकिया ६३१० ले आजको आवश्यकताको लागि पहिले धेरै रुचाइएको क्लासिक नोकिया फोनहरूको पुनरुत्थानलाई पछ्याएको कम्पनीको दाबी छ । प्यान एसिया एचएमडी ग्लोबलका क्षेत्रीय प्रमुख तथा जेनेरल म्यानेजर रबि कुँवरले नोकिया ६३१० एक पुनः कल्पना गरिएको फिचर फोन भएको र अन्य नोकिया फोनहरू जस्तै यो लामो समयसम्म टिक्नको लागि बनाइएको बताए ।
कम्पनीका अनुसार नोकिया ६३१० लाई ताजा र पुनः आविष्कार गरिएको छ, जसले स्क्रिन टाइमलाई पहिलेभन्दा धेरै सहज र रमाइलो बनाउँछ । ठूला पुस बटनहरू र एम्पल डिस्प्लेको साथ, यसमा मेसेजहरू पढ्न, प्रियजनहरूसँग कनेक्ट हुन वा आफ्नो मनपर्ने एप्लिकेसनहरू सजिलै र गतिमा फेला पार्न सकिनेछ ।
नोकिया ६३१० मा आफ्नो मनपर्ने न्यूजको च्यानलहरू, खेलकुदहरु वा संगीत स्टेसनहरू भरपर्दो कनेक्टिभिटीको साथ सुन्न सकिनेछ । यो मौलिक शैलीको नोकिया फोन एक्सेसिबिलिटी मोडको साथ अझ सुविधाजनक भएको छ । यो कार्यक्षमताले स्वचालित रूपमा उपकरणको दृश्यलाई एक पटकमा एउटा आइकनमा कन्फिगर गर्न सक्छ, सुधारिएको पठनीयताको लागि ठूलो फन्टहरु प्रस्तुत गर्नसक्छ ।
नोकिया ६३१० मा हप्ता दिनसम्म टिक्ने ब्याट्री लाइफको क्षमता रहेको छ । यो स्मार्टफोन गहिरो गाढा हरियो र डेरिङ पहेँलो रंगका ताजा र बोल्ड रङको भेरियन्टहरूमा उपलब्ध रहेको छ । यस्तै ड्युरेबिलिटीकोे साथ यो फोनमा कडा पोली कार्बोनेटको शेल रहेको छ, जुन दैनिक जीवनमा आउनसक्ने नक्स र बम्पहरूबाट सुरक्षा प्रदान गर्न पर्याप्त बलियो रहेको छ । नोकिया ६३१० नेपालमा गाढा हरियो र पहेँलो रंगमा उपलब्ध छ, यसको मूल्य नेपाली छ हजार दुई सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया