Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोलाद्वारा कोक एण्ड मिल्स लेन्सका लागि भाइबरसँग साझेदारी

कोका–कोलाद्वारा कोक एण्ड मिल्स लेन्सका लागि भाइबरसँग साझेदारी


काठमाडौं । कोका–कोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एण्ड मिल्सको थिमअन्तर्गत कोका–कोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स ‘फुड -याण्डमाइजर’को लन्च गरेको छ । नेपालमा एक करोडभन्दा बढी भाइबर प्रयोगकर्ताहरूले यस रमाइलो फिल्टरको मजा लिन सक्नेछन् ।

कम्पनीका अनुसार फिल्टरमा कोक र मोमोस, कोक र पिज्जा, कोक र चाउमिनजस्ता लोकप्रिय कोक र मिल्सका कम्बोहरू -यान्डम्ली जेनेरेट हुन्छ । जेनेरेट भएको एउटा कोक एण्ड मिल्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न सक्नेछन् र कम्बो किनिदिन अनुरोध गरी आफ्ना मान्छेलाई सजिलै पठाउन सक्नेछन् । प्रयोगकर्ताहरूले आफ्नो अनुहार पनि फिल्टरमा राख्न सक्नेछन् । राकुटेन भाइबर र कोका–कोलाबीचको यो सहकार्यले भाइबरका नेपाली प्रयोगकर्ताहरूलाई रोमाञ्चक सुविधाहरू उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x