Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु


जनकपुरधाम, माघ १७
प्रदेश नं २ सरकार र युके एड ‘सीप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सञ्चालनमा ल्याएको छ । बुधबार एक विशेष कार्यक्रमबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक आवासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्तरुपमा जेसीबी अपरेटर तालिम केन्द्रको उद्घाटन गरेका थिए ।

जेसीबीको यो परियोजनाको उद्देश्य हेभी मेसिन सञ्चालन र मेकानिक तालिम प्रदान गरेर रोजगार बनाउनु हो । भविष्यमा यो तालिम केन्द्रमा लिफ्ट, जेनेरेटर मर्मतलगायत अन्य इन्जिनियरिङ क्षेत्रको तालिम उपलब्ध गराउने लक्ष्य ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले लिएको छ । तालिम केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले देशलाई अहिले सबैभन्दा बढी दक्ष जनशक्तिको आवश्यकता रहेको र यसको पुर्तिमा एकेडेमीले महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरे ।

‘कामदारलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान दुवै आवश्यक हुन्छ । यी दुवै ज्ञान दिने संस्थाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सक्छ,’ मुख्यमन्त्री राउतले भने, ‘हामीलाई खुसी लागेको छ कि एमएडब्लु, युके एड र डीएफआईडीसँग सहकार्य गरेर हामीले यो तालिम केन्द्र सुरु गरेका छौँ । यसले देशलाई आवश्यक जनशक्ति र रोजगार सिर्जना गर्नेमा हामी विश्वस्त छौं ।’ त्यसैगरी, प्रदेश नं २ का सामाजिक विकासमन्त्रीले नवल किशोर साहले एमएडब्लुको कदमको प्रशंसा गरे । ‘निजी क्षेत्र नाफामुखी मात्र हुनुहुँदैन । सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर एमएडब्लुको सुरु गरेको यो परियोजनाले स्वदेशमै रोजगार सिर्जना गर्छ । यो उदाहरणीय कार्य हो । यसका लागि एमएडब्लुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

उद्घाटन कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले एमएडब्लु अर्थमुभर्सले हेभी मेसिनको क्षेत्रमा व्यवसाय गरिरहेकाले यो क्षेत्रमा आवश्यक जनशक्तिको उत्पादन गर्नु आफ्नो जिम्मेवारी भएको बताए । ‘एमएडब्लुका संस्थापक प्रहलाद राय अग्रवालले शिक्षा र सिप विकासको क्षेत्रलाई सधैं महत्व दिन भयो । उहाँको यो आदर्शलाई निरन्तरता दिँदै हामीले दोस्रो तालिम केन्द्र स्थापना गरेका हौं’, उनले भने, ‘यस्ता तालिम केन्द्रहरु देशका विभिन्न स्थानमा स्थापना गरेर रोजगारी सिर्जना गर्ने हाम्रो योजना रहेको छ ।’

नेपालको लागि जेसीबी ब्रान्डका हेभी मेसिन तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिअन्तर्गतको ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जेसीबी अपरेटर तालिम केन्द्रको सञ्चालन सुरु गरेको हो । यो एमएडब्लु अर्थमुभर्सले सञ्चालन गरेको दोस्रो तालिम केन्द्र हो । एमएडब्लु अर्थमुभर्सले विगत आठ वर्षदेखि युसेपसँग सहकार्य गरेर भक्तपुरको सानो थिमीमा अपरेटर तालिम केन्द्र सञ्चालन गर्दै आएको छ जहाँबाट तीन हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भई देशविदेशमा रोजगार बनेका छन् ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एक्स्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले बिक्रीलाई होइन बिक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x