एभरेष्ट ग्याँस संसारको ब्रान्ड एम्बेसडरमा हाँस्य कलाकार दीपा र दिपक
काठमाडौं । एभरेष्ट ग्यास संसारले चर्चित हाँस्यजोडी दिपकराज गिरी र दीपाश्री निरौलालाई आधिकारिक रूपमा ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । हायात प्यालेस होटल काठमाडौँमा आयोजित एक भव्य समारोहबीच उनीहरुलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
एभरेष्ट ग्याँस संसार नेपालको पुरानो र ठूलो ग्यास उद्योग समूह हो, जसको एभरेष्ट (काठमाडौँ), त्रिशूल (भैरहवा), कामाख्य (सुनसरी), प्रिमा (सुनसरी), साहारा (हेटौडा), सैपाल (कैलाली) र सुगम (धादिङ) ग्याँस गरी जम्मा सातवटा ग्याँस ब्राण्डहरू एउटै छातामुनि उत्पादन गर्दै आएको छ । यी सबै ब्राण्डहरुका करिब २० लाख सिलिन्डरले लाखौँ नेपालीको भान्सामा साथ पाएको कम्पनीको दाबी छ । करिब तीन हजार डिलरहरुको सञ्जालमार्फत एभरेष्ट ग्याँस संसारले नेपालको कुना–कुनामा सेवा प्रदान गर्दै आएको छ । एभरेष्ट ग्याँस संसारका अध्यक्ष शिवप्रसाद घिमिरेले नेपालको ग्यास बजारमा केहि उपभोक्ताले एउटा ब्राण्डबाट अर्काे ब्राण्डको सिलिन्डर परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताए ।
एभरेष्ट ग्यास संसारमार्फत सातवटा ब्रान्डहरुलाई एउटै छानामुनि ल्याएर उपभोक्तालाई केही सहज गर्ने प्रयास गरेको उनको भनाइ छ । दिपक र दीपाको जोडी छनोट गर्नुको कारण बताउँदै अध्यक्ष घिमिरेले भने, ‘एभरेष्ट ग्याँस भनेको धर्म, जात, वर्गको भेदभाव नगरी जनताको ब्रान्ड हो । त्यस कारण हामी सामूहिक अपिल भएको व्यक्तिसँग जोडिन चाहन्थ्यौँ । त्यसैले, दीपा र दिपक हाम्रो स्पष्ट पहिलो रोजाइ थिए । दीपा र दिपकको नेपाली जनतासँग विशेष सम्बन्ध छ ।’ दुवै ब्रान्ड एम्बेसडरले नेपालको प्रसिद्ध एलपीजी ग्याँस समूहसँग परिवारको सदस्यको रूपमा जोडिएपछि खुशी व्यक्त गरेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया