काठमाडौं । जनकपुरधामका बाँसुरीवादक प्रताप केसी बाँसुरीको धुन सुनाउँदै विभिन्न देश पुगिसकेका छन् । गाँउमा स–साना मेलाहरूमा नियमित बाँसुरी बजाउने उनलाई हाल विभिन्न देशका कार्यक्रममा निमत्रणा आउँछ । भारतको विहारमा स्वर्गीय फैमुल्ला खानसँग र त्यसपछि नेपालमा उस्ताद पूर्णबहादुर थापासँग उनले बाँसुरीवादनको ज्ञान लिएका थिए ।
प्रताप विशेषतः नेपालको लोक संगीतको धुन बजाउन मन पराउँछन् । प्रताप अधिकांश समय युरोपका विभिन्न देशहरूमा आफ्नो बाँसुरीको धुन सुनाउन पुग्छन् । उनले एसियाका विभिन्न मुलुकमा आफ्नो प्रस्तुति दिइसकेका छन् । उनले एसिया र युरोपका करिब २० भन्दा बढी देशमा आफ्नो प्रस्तुति दिइसकेका छन् । ‘विदेशमा हामीलाई धेरै मानिसहरूले राम्रो व्यवहार गर्छन् । हामीले बजाएर हिँड्ने संगीतमा भोकल हुँदैन । हामी वाद्यवादनमार्फत संगीत पस्कने भएकाले सबैले राम्रो व्यवहार गर्ने गरेका छन्’, प्रताप भन्छन् । उनको अनुभवमा कतिपय स्थानमा नेपालको मौलिक लोकधुन सुनाउँदा मानिसहरू अचम्मित पर्नेगरेका छन् । किनकि उनको बुझाइमा नेपालको मौलिक लोकधुन अन्य देशको धुनभन्दा फरक छ ।
संगीतमार्फत प्रताप समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । २०७२ सालको विनाशकारी भूकम्पका समयमा उनकै पहलमा भारतका कलाकार रासिद खान, हरिहरण, उषा उत्तुब, तलत आजिज, लुइस एन्ड व्यान्ड मिलेर नेपालका भूकम्पपीडितका लागि कार्यक्रम गर्दै त्यसबापत उठेको रकम भूकम्पपीडितलाई सहयोग गरेका थिए । कार्यक्रमबापत उठेको रकम नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको संयोजन भारतीय कलाकार उस्ताद रासिद खानले गरेका थिए ।
उनले कोभिड महामारीपछि विभिन्न ठाउँका अशक्त असहायहरूलाई रासन पानी दिए । उनले भक्तपुरको मानव कल्याण समाजमा रहेका अशक्त असाहयहरूलाई विभिन्न सहयोग गरेका छन् । पाटनमा रहेको नमूना मच्छिन्द्र माध्यमिक विद्यालयका दृष्टिविहीनहरूलाई आफ्नो आम्दानीको केही रकम सहयोग गरेका छन् । उनले नेपाल सरकारबाट २०७६ साल असोज ३ गते विभूषण पाउने घोषणा भए पनि कोरोना महामारीका कारण ढिलाइ भएपछि २०७७ चैत २७ गते पाएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया