विकलको स्मृतिमा स्थापित पुरस्कारहरूको घोषणा
दोलखा । विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार प्राप्तकर्ताहरूको घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानको कार्य समिति बैठकले वर्ष २०७८ का लागि पुरस्कार प्राप्तकर्ताहरूको नाम आइतबार घोषणा गरेको हो । जसअनुसार विकल वाङ्मय पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर चुडामणि बन्धुलाई प्रदान गरिने भएको छ ।
विकल समाजसेवा पुरस्कार डाक्टर रविन्द्र समीर र विकल सृजना पुरस्कार विमल निभालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । त्यस्तै विकल—सुशीला सङ्घर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान, विकल बालसाहित्य पुरस्कार कार्तिकेय घिमिरे तथा विकल कलासङ्गीत पुरस्कार पूर्ण हेजुलाई प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानले विकलका रचनामा आधारित रही ‘बाल साहित्यमा नैतिक चेतना’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने देवकी आचार्यलाई ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य (एमफिल) तहमा ‘विकलका कथामा अनुभूतिको संरचना’ शीर्षकका शोधकर्ता योगेश काफ्ले र ‘विकलका कथामा समाख्यानात्मक वाच्यत्व’ शीर्षककी शोधकर्ता शान्ति न्यौपाने (रिसाल)लाई पनि ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गर्ने निर्णय गरिएको छ ।
यसैवर्षबाट दिन थालिएको यस शोध सम्मानका लागि विकलका पुत्रद्वय विजय चालिसे र महेन्द्र चालिसेबाट प्राप्त जनही ५—५ लाख रूपैयाँ गरी १० लाखको अक्षयकोष खडा गरिएको प्रतिष्ठानले जनाएको छ । घोषित पुरस्कारहरू आगामी पुस ३ गते गोकर्णेश्वर—९ आरूबारीस्थित नवअरूणिमा विद्यालको प्राङ्गणमा आयोजन गरिने कार्यक्रममा वितरण गरिने छ । पुरस्कारका लागि नाम सिफारिस गर्न प्रतिष्ठानका सचिव वसन्त रिजालको संयोजकत्वमा प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम र डाक्टर बिन्दु शर्मा सदस्य रहेको समिति गठन गरिएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया