Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुमा तामाको व्यापार बढ्यो

सोलुखुम्बुमा तामाको व्यापार बढ्यो


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँबजारलगायत जिल्लाका विभिन्न स्थानका हाटहरूमा तामाबाट बनेका भाँडाको व्यापार ह्वात्तै बढेको छ । मंसिर महिनामा बिहे हुने सिजन भएकाले थुलुङ दुधकोशी गाउँपालिकामा रहेको नेले बजार, सोताङ गाउँपालिकामा पर्ने शिवटार बजारलगायतका अन्य ठाउँका बजारहरूमा तामाको भाँडाको व्यापार बढ्न थालेको व्यापारीहरूले बताएका छन् ।

विगतको समयमा फाट्टफुट्ट मात्रै व्यापार हुने तामाको भाँडा पसलहरूमा समेत मंसिर लागेसँगै बिक्रीदर बढेको सल्लेरीका व्यापारी प्रेमकुमार विश्वकर्माले बताए । यो सिजन बेला विशेषगरी तामाबाट बन्ने खड्कुलो, झ्यागा, डाली, आम्खोरालगायतका भाँडाहरूको माग उच्च हुने अर्का व्यापारी रमणबहादुर विश्वकर्माले बताए । उनका अनुसार व्यापार बढेसँगै मागअनुसारको सामग्री उपलब्ध गराउन मुस्किल पर्नेछ । अन्य समयको शनिबारे हाटमा प्रतिहप्ता ५० देखि ६० हजार रूपैयाँको भाँडा बिक्री हुनेगरेकोमा मंसिर लागेपछि एक लाखदेखि डेढ लाख रूपैयाँसम्मको व्यापार हुने गरेको सल्लेरीका सुब्बे विश्वकर्माले बताए । तर लकडाउनपछि काठमाडौँबाटै तामाको पाताको मूल्य बढेर आउँदा समस्या भएको व्यापारी रिता घतानीले गुनासो गरिन् । विगतमा प्रतिकिलो एक हजार ५० रूपैयाँमा पाइने तामाको पाता अहिले एक हजार सात सय ५० रूपैयाँ पुगेको घतानीले बताइन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x