सिभिल मलमा सपिङ गर्दा सुजन लामिछानेले जिते टीभीएस अपाचे आरटीआर बाइक
काठमाडौं । सिभिल मलले दशैँ तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर घोषणा गरेको कार्यक्रमअन्तर्गतको बम्पर उपहार काठमाडौं बानेश्वरका सुजन लामिछानेले प्राप्त गर्न सफल भएका छन् । बम्परअन्तर्गत टीभीएस अपाचे आरटीआर १६० २भी बाइक विजेता लामिछानेलाई सिभिल मलका महाप्रबन्धक विश्वप्रकाश मास्केले बाइकको साँचो हस्तान्तरण गरेका छन् ।
त्यस्तै बम्परअन्तर्गत एल जी टिभी रिता थापा र सीजी रेफ्रीजेरेटर अस्लम खानले प्राप्त गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए । मलले दशैं, तिहार र छठको अवधिमा सिभिल मलबाट एक हजार रुपैयाँ वा सोभन्दा बढी रकमको किनमेल गर्ने उपभोक्तालाई लक्षित गरेर उपहार कार्यक्रम घोषणा गरेको थियो । लोकप्रिय नेपाली इ–कमर्स ग्यापु मार्केटप्लेस र नेपालको पहिलो ओटीटी प्लाटफर्म एक्सलट्रिप, कल्चर रिसोर्ट पोखराले पनि विभिन्न विजेतालाई सपिङ भौचर र ट्राभल कुपन प्रदान गरेको ठकुरीले बताए ।
सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मल सञ्चालनमा ल्याएको बताइएको छ । ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ। मल प्रवेशअगावै सेनिटाइजर लगाएर भित्र प्रवेश गराइरहेको मलले जनाएको छ । त्यस्तै हरेक दिन खुल्नुअघि मल क्षेत्रलाई निर्मलीकरण समेत गर्दै आएको छ । सामाजिक दूरी कायम गर्न/गराउन विभिन्न ठाउँमा संकेत र मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया