महासंघ र स्कूल अफ म्यानेजमेन्ट त्रिविले इण्डस्ट्री अकाडेमिया गठन गरी सहकार्य गर्ने
काठमाडौँ । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टले संस्थागत सहकार्यका लागि ऐक्यबद्धता जनाएका छन् ।
दुवै संस्था इण्डस्ट्री अकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका हुन् । महासंघको वस्तुगत परिषद् र सोमटुद्वारा संयुक्त रुपमा आइतबार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त भएको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छाले इण्डस्ट्री अकेडेमिया गठन गरी सहकार्य गर्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘यो दुईवटा क्षेत्र नै यस्तो क्षेत्र हो जसको बलियो सहकार्य हुुनसक्यो भने मात्र मुुुलुुकले देखेको समृद्धिको सपना साकार पार्न सकिन्छ ।’ महासंघले साना तथा मझौला उद्योग, स्टार्टअप, मेडइन नेपालजस्ता अभियानलाई विशेष जोड दिई अगाडि बढाएकाले यसका लागि दक्ष जनशक्ति पहिलो आवश्यकता हुुँदा जनशक्ति विकासमा टीयूबाट ठूलो सहयोग हुनसक्ने उनले बताए ।
यसका लागि दुवै संस्थाबीच एउटा स्थायी खालको संरचना नै तयार गरेर जानुपर्नेमा उनले जोड दिए । सो अवसरमा सोमटुुले तयार गरेको नयां कोर्स अफ स्टडीका बारेमा व्यापक छलफल भई त्यसमा उद्यमी व्यवसायीहरुका तर्फबाट सल्लाह सुुझाव समेत संकलन गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरे र विश्वविद्यालय अनुुदान आयोगका पूर्वसदस्य सचिव एवं व्यवस्थापन संकायका पूर्वडिन प्राध्यापक डाक्टर देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताए ।
यस कार्यमा महासंघसँग सहकार्य हुने प्रतिबद्धता समेत जनाए । महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु, महासंघको वस्तुुगत परिषद्का पदाधिकारी एवं सदस्यहरु, वस्तुुगत संघका पदाधिकारीहरु, उद्यमी व्यवसायीहरु, विश्वविद्यालय अनुुदान आयोगका पूर्वसदस्य सचिव, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, सहप्रध्यापक, स्नातकोत्तर अध्ययन विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा सोमटुुबाट तयार पारिएको शैक्षिक कोर्स प्रस्तुुत गरिएको थियो ।
सो अवसरमा सोमटुुकोतर्फबाट मुुलुुकको अवश्यकताअनुुसारको दक्ष जनशक्ति विकास गर्ने सोचअनुुसार कोर्स संशोधनको तयारी भइरहेको जानकारी गराइएको थियो । कार्यक्रममा महासंघका तर्फबाट दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने, आफ्नो क्षेत्रमा लिडर तयार गर्ने गरी शैक्षिक कोर्स संशोधन गर्नुपर्ने सुुझाव दिइएको थियो ।
शैक्षिक कोर्स संशोधन गर्दा शिक्षालाई व्यवहार उपयोगी बनाउने, जनशक्ति व्यवस्थापन, गुणस्तर सुधार, विदेशी केस स्टडीभन्दा नेपाली सन्दर्भमा केस स्टडीमा जोड, आपूर्ति शृंखलाको व्यवस्थापन, ई–कमर्सलाई उच्च प्राथमिकता, इन्भेन्टरी म्यानेजमेन्ट, नेगोसिएसन, वाणिज्य मध्यस्थता, ट्रेड डाटा एनालाइसिसलगायतका विषयलाई पनि समेट्नुुपर्ने सुुझाव सो अवसरमा निजी क्षेत्रबाट दिइएको थियो ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विश्वविद्यालयले दिने शिक्षा व्यवहार उपयोगी, मुुलुकको उद्योग व्यवसाय, सीप विकासमा केन्द्रित, उच्च प्राविधिक ज्ञान दिने खालको हुुनुुपर्ने सुुझाव दिएका थिए । वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले लक्ष्मी र सरस्वतीको यो संयुक्त प्रयासलाई सफल पार्न सकियो भने प्राज्ञिक क्षेत्र, उद्योग व्यवसाय क्षेत्र, समाज र सिंगो राष्ट्रले नै लाभ उठाउन सक्ने बताए ।
कार्यक्रममा सहायक प्राध्यापक डा. गंगाराम विश्वकर्मा, सहायक प्राध्यापक डाक्टर ध्रुवलाल पाण्डे, सहायक प्राध्यापक डाक्टर जितेन्द्र डंगोलले नयाँ कोर्स अफ स्टडीका बारेमा जानकारी गराएका थिए भने महासंघको वस्तुुगत परिषद्का सहसभापतिद्वय अरनिको राजभण्डारी र सुुनिल गोपाल श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका कामुु निर्देशक डा. गोविन्द तामाङले दुुवै संस्थाबीचको सहकार्यको महत्वमाथि चर्चा गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- शिखर इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक
- मेटलाइफ फाउन्डेसनको सहयोग
- मुक्तिनाथ फाइदा एप सञ्चालनमा
- उपकार लघुवित्तको नाफा २७ लाख
- नेपाल लाइफको नाफा २० करोड ५४ लाख
- आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ करोड ५० लाख
- आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा छ करोड १० लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया