वान् युआइ–४ को औपचारिक घोषणा
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले वान् युआइ ४ को औपचारिक घोषणा गरेको छ, जुन ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा सिरिजमा पहिलो पटक समावेश हुनेछ ।
नयाँ अनुकूलन विकल्प, गोपनीयताका विशेषताहरु र सामसङको निरन्तर विस्तार भइरहेको इकोसिस्टममा पहुँचसँगैं वान् युआइ ४ ले एक उन्नत मोबाइलको अनुभव दिलाउने कम्पनीले जनाएको छ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ‘वान युआई–४ ग्यालेक्सी स्मार्टफोन’ प्रयोगकर्ताहरुलाई नवीनतम् अनुकूलन र गोपनीयता विशेषताहरु उपलब्ध गराएर आफ्नो प्रतिज्ञा पूरा गर्न तयार रहेको बताए । साथै उनले चाँडै नै अन्य स्मार्टफोन र ट्याबलेट प्रयोगकर्ताहरु पनि कम्पनीको समग्र इकोसिस्टममा थप सहजताको अनुभव संगाल्दै यो सफ्टवेयर अद्यावधिकबाट लाभान्वीत हुने दाबी गरे ।
कम्पनीका अनुसार वान् युआइ ४ ले ग्राहकको आफ्नो आवश्यकताहरु पूरा गर्न र आफूलाई व्यक्तिगत तवरमा प्रस्तुत गर्नलाई अनुकूलित मोबाइल अनुभव सिर्जना गर्न सक्षम बनाउँछ । छनौट गर्नलाई राखिएका सम्पूर्ण नयाँ कलर प्यालेटहरुका साथ ग्राहकले आफ्नो मोबाइलको होमस्क्रिनदेखि आइकनहरु, मेनु, बटन र पृष्ठभूमी सबै चीजहरुको बनौट र अनुभव बदल्न सक्नेछन । अझ पुनः परिकल्पना गर्ने विजेटहरु जसले अझ गहन अनुकूलन गर्ने अफर दिन्छ । यस्तै वान युआइ ४ का साथ सामसङले नवीनतम गोपनीय र सुरक्षाका विशेषताहरु पेश गरेको छ, जसले गर्दा के साझा गर्ने र के गोप्य राख्ने भनेर सही रुपमा चयन गर्न सकिनेछ ।
वान् युआइ ४ का साथ तपाईंको गोपनीयता सेटिङहरुको नियन्त्रण र निगरानी सजिलो भएको छ । ग्यालेक्सी एस२१ सिरिजमा यही नोभेम्बर १५ देखि वान् युआइ ४ उपलब्ध भएको छ । साथै छिट्टै नै पहिलेको ग्यालेक्सी एस र नोट सिरिजहरु साथसाथै ग्यालेक्सी जेड सिरिज, ए सिरिज र ट्याब्लेटहरुमा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो घोषणा सुरु भएको ग्यालेक्सी घडी सिरिजको लागि नयाँ सफ्टवेयर अद्यावधिकसँगै गरिएको छ । यसबाट प्रयोगकर्ताहरु स्वास्थ्य विशेषताहरु र नयाँ घडी बनौटहरुको मज्जा लिन सक्षम हुनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया