जनकपुरधाम, माघ १९
जनकपुरधाममा एक औषधि पसलमा भएको आगलागीमा करिब २० लाखको औषधि जलेर नष्ट भएको छ । जनकपुरधामको अस्पताल रोडमा रहेको कल्पना मेडिकल हलम भएको आगलागीमा सो पसलमा रहेको सबै औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी पसलमा रहेका सबै औषधिहरु पूर्णरुपमा जलेर नष्ट हुँदा २० लाखभन्दा बढीको क्षति भएको पसलका सञ्चालक पंकज साहले बताए । आगलागी वारुणयन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । यसबारे अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । पसलमा आगलागी कसैले रिसइबीको आधारमा गरेको पसलेको आरोप छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया