कर्न ब्राण्डका विश्वस्तरीय स्मार्टवाच नेपाली बजारमा
काठमाडौं । अन्तर्राष्ट्रिय ब्रान्ड कर्नले नेपाली बजारमा तीन नयाँ स्मार्टवाच मोडल सार्वजनिक गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेशनल प्रालिले एक कार्यक्रमका बीच नेपालमा नयाँ स्मार्टवाचहरुको घोषणा गरेको हो ।
कर्नका विश्वस्तरीय स्मार्टवाचहरु डब्लूबी ०२, डब्लूबी ०३, डब्लूबी ०५ नेपालमा उपलब्ध भएका छन् । यी स्मार्टवाचहरुमा एमोलेड डिस्प्ले, वाटर प्रुफ फिचर, बिग ब्याट्री क्यापासिटी, नर्डिक सीपीयूलगायतका विशेषता छन् । साथै यसको प्रमुख विशेषतामा तीन सय ६५ दिनको वारेन्टी पनि रहेको छ ।
कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्वस्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र अब स्मार्टवाच पनि ल्याएको बताए । ‘हामीले कर्नका विश्वस्तरीय स्मार्टवाचहरु नेपाली बजारमा ल्याएका छौँ । सुपथ मूल्यमा उच्चस्तरका विभिन्न फिचरहरु भएको स्मार्टवाचले नेपालीहरुलाई आकर्षित गर्नेछ’, उनले भने, ‘हामी कर्नका उत्पादनहरु बेच्ने मात्र नभई ग्राहकहरुको ध्यान र सन्तुष्टिलाई समेत ध्यान दिने गरेका छौँ ।’
कम्पनीले नेपाली बजारमा आएका तीन मोडलका स्मार्टवाचहरुको मूल्य डब्लूबी ०२ को सात हजार नौ सय ९९ रुपैयाँ, डब्लूबी ०३ को ८ हजार एक सय ९९ रुपैयाँ र डब्लूबी ०५ को ११ हजार नौ सय ९९ रुपैयाँ तोकिएको जनाएको छ । सन् २०१८ मा सुरु भएको कर्न ब्रान्ड विश्वका ३७ भन्दा बढी देशहरुमा बिक्री हुँदै आएको छ । नेपालसहित विश्वका अन्य देशहरु इजिप्ट, बंगलादेश, श्रीलंका, क्यानाडा, रसिया, इजरायल, म्यानमारलगायतका देशहरुमा उपलब्ध छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया