Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १३ सय २५ अंकमा

बजार परिसूचक १३ सय २५ अंकमा


काठमाडौं, माघ १९
यस साता सेयर बजार परिसूचक १३ सय २५ दशमलव ३८ अंकमा पुगेर रोकिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८१ दशमलव ७६ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७८ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ७२ हजार एक सय ८८ वटा कारोबारमा एक करोड ६२ लाख ८९ हजार दुई सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम छ अर्ब ५४ करोड २७ लाख ७७ हजार चार सय ४६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो ।

गात साता भने धितोपत्र बजारमा एक सय ७६ कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार ८६ हजार चार सय ९० वटा कारोबारमा दुई करोड ५१ लाख दुई हजार एक सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम आठ अर्ब ५४ करोड ६८ लाख ३३ हजार चार सय ४६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो र चौथौ दिन बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो, तेस्रो र पाँचौं दिन बजार परिसूचक उकालो लागेको थियो ।

यस साता पहिलो दिन बजार परिसूचक २० दशमलव ७९ अंकले ओरालो लागेर १२ सय ७६ दशमलव ६८ अंकमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव एक अंकले ओरालो लागेर दुई सय ७४ दशमलव ६२ अंकमा झरेको थियो । दोस्रो दिन पनि बजार परिसूचक २३ दशमलव ९५ अंकले उकालो लागेर १३ सय दशमलव ६२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५३ अंकले उकालो लागेर दुई सय ७९ दशमलव १५ अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक उकालो लागेको थियो ।

उक्त दिन बजार परिसूचक पाँच दशमलव ५२ अंकले उकालो लागेर १३ सय छ दशमलव १५ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ४८ अंकले ओरालो लागेर दुई सय ७८ दशमलव ६७ अंकमा झरेको थियो । चौंथो दिन भने बजार परिसूचक शून्य दशमलव २७ अंकले ओरालो लागेर १३ सय पाँच दशमलव ८८ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ४९ अंकले ओरालो लागेर दुई सय ७८ दशमलव १९ अंकमा झरेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक १९ दशमलव ५१ अंकले उकालो लागेर १३ सय २५ दशमलव ३८ अंकमा चढेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५७ अंकले उकालो लागेर दुई सय ८१ दशमलव ७६ अंकमा चढेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, ग्लोवल आईएमई बैंक, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी आदि परेकाछ । यसैगरी सेयर कारोबार भएको संख्यामा आधारमा ग्लोवल आईएमई बैंक, प्रभु बैंक, नेपाल बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यस साता सनराईज बैंकको १० दशमलव २५ सनराईज बैंक डिवेञ्चर २०८३ सूचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x