मुक्तहलियाका समस्या सुनुवाइ नभएको गुनासो
डोटी । सरकारले हलिया मुक्तिको घोषणा गरेको १३ वर्ष बितिसक्दा समेत यहाँका हलियाका समस्या समाधान नभएको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । जिल्लामा सोमबार सञ्चालन गरिएको मुक्तहलियाको सवालमा सरोकारवालासँग परामर्श बैठकमा सहभागी मुक्तहलियाका परिवारले सरकारले हलियामुक्त घोषणा गरे पनि आफ्ना समस्या कहीँ कतैबाट सुनुवाइ नभएको आरोप लगाएका हुन् ।
कागजीरुपमा हलियामुक्त भए पनि व्यवहारमा तथा उनीहरुका पीडा र समस्याका बारेमा कसैले पनि चासो नदेखाएको पूर्वीचौकी गाउँपालिका फुलोट गाउँकी मुक्तहलिाया परिवारकी गौरी विकले बताइन् । उनले भनिन्, ‘सरकारले हलियामुक्त भनेर घोषणा गरे अहिले मुक्त भएका हलिा के गर्दै छन्, कहाँ बस्छन् कसैले सोधीखोजी गरेनन्, हाम्रा दुःख हामीसँगै छन् ।’ नेपालमा कृषिमा आधारित बधुवा श्रमको अन्त्य परियोजनाअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको थियो । गैरसरकारी संस्था एक्सनएड नेपालको साझेदारीमा सम विकास केन्द्र (ईडीसी) नेपालले जिल्लामा नेपालमा कृषिमा आधारित दुई वर्षे बधुवा श्रमको अन्त्य परियोजना लागू गरेको छ ।
हलिया बसेको बेला साहुको जमिनमा बस्ने एउटा सानो छाप्रो बनाएका भए पनि सरकारले हलियामुक्त गरेपछि साहुले उक्त छाप्रो बनाएको जमिन खोस्दा यहाँका मुक्तहलिया परिवारलाई गाँसबासका लागि समस्या हुँदै आएको अर्की सहभागी शान्ता नेपालीले गुनासो गरिन् । उनले भनिन्, ‘सरकारले हलियामुक्त ग¥यो, साहुले छाप्रो बनाएको जमिन खोस्या हामी कहाँ बस्ने कहाँ खेती गर्ने, कसले बुझने हाम्रा पीडा ?’ मुक्त गरेसँगै आफूहरुका लागि गाँसबासको व्यवस्था हुनुपर्ने उनीहरुको माग र छ । जिल्लामा रहेका मुक्तहलिया आफ्नो अधिकारका लागि लड्न नसक्ने भएकाले हलियाका समस्या समधानका लागि सबै सरोकारवालाले आवाज उठाइदिनुपर्ने राष्ट्रिय हलियामुक्ति समाजका महासचिव टीकासिंह नेपालीले बताए ।
हलियामुक्त घोषणा गरिएको भए पनि नेपालको संसद्बाट हलियासम्बन्धी कानुन निर्माण हुन नसक्दा समस्या भएको कानुन व्यवसायी शंकरदीप मडैले बताए । मुक्तहलियाका समस्याबारे आफूहरु सहयोग गर्न तयार रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज खड्काले आश्वासन दिए । जिल्लामा मुक्तहलियाको एकीन तथ्यांक नभएको पीडितको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया