चांगन अटोले २ हप्तामै १ हजार टेस्ट ड्राइभ गरायो
काठमाडौं । चांगन अटोले दुई हप्ताको अन्तरालमा आफ्नो प्रिमियम सेडान ‘एल्सभिन’को एक हजार टेस्ट ड्राइभ गराउन सफल भएको छ । यस प्रिमियम सेडानको पप–अप शोरुम, २२ नोवेम्बरदेखि सोल्टी होटेलमा रहेको छ ।
ग्राहकहरुले सोल्टी होटेल गई एल्सभिनको टेस्ट ड्राइभ गर्न सक्नेछन् । टेस्ट ड्राइभका लागि हप्ताको सातै दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ । चांगन अटोले, काठमाडौँ उपत्यकाको विभिन्न अपार्टमेन्टहरुमा गाडी प्रदर्शनको लागि राखिएको थियो । ती अपार्टमेन्टवासीहरुले एल्सभिनको टेस्ट ड्राइभ र सुविधाहरुबारे बुझ्ने अवसर पाएका थिए । यसबाहेक ग्राहकहरुले अन–कल टेस्ट राइड पनि लिन सक्नेछन् । साथै ग्राहकहरुले आफ्नो अनुकूल स्थानमा टेस्ट ड्राइभ लिनसक्ने कम्पनीले जनाएको छ ।
सोल्टी होटेलमा एल्सभिनको टेस्ट ड्राइभ जनवरी १९, २०२२ मा सकिनेछ । यो साथसाथै विभिन्न हाउजिङमा पनि गाडी डेमोका लागि राखिने बताइएको छ । ग्राहकहरुले टेस्ट राइड, सोल्टी होटेल अथवा अन–कलद्वारा पनि प्राप्त गर्न सक्नेछन् । यसका साथै चांगन नेपालको वेबसाइट अथवा ९८०२३४०५९२ मा सम्पर्क गरि टेस्ट राइडको बुकिङ पनि गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया