काठमाडौं । सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था सानो पाइलाले आफ्नो १५औँ वार्षिकोत्सव मनाएको छ । वीरगञ्जमा आयोजित वार्षिकोत्सव समारोहमा समाज रूपान्तरणका लागि क्रियाशील व्यक्तित्वसहित सरकारी अधिकारीहरूको पनि उपस्थिति थियो ।
कार्यक्रममा सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले १५ वर्षअघि देखेको सामुदायिक सशक्तीकरण र समतामूलक समाजको सपना केही हदसम्म पूरा गर्न सकेको बताए । आफूहरूले सीमान्तकृत वर्गलाई ध्यानमा राखेर नै योजना तथा कार्यक्रम बनाउने गरेको उनको भनाइ थियो । पहिलो वर्ष डेढ लाख रूपैयाँ बजेटमा काम गरेको संस्थाले हालसम्म झन्डै २५ करोड रूपैयाँ समुदायको विकासका लागि खर्च गरिसकेको उनले जानकारी दिए । ठूला राष्ट्रिय/अन्तर्राष्ट्रिय दाताभन्दा सामान्य व्यक्ति र संस्थाहरूको आर्थिक सहयोगबाट सानो पाइला चलिरहेको उनले बताए ।
झाका अनुसार नेपालकै मजदुरदेखि विदेशका उदार मन भएका व्यक्तिहरूको सहयोगबाट संस्थाले दीर्घजीवन पाएको हो । सानो पाइलाका कार्यक्रम तथा सेवा प्रमुख रौनकराज सर्राफले संस्थाको प्रगति विवरण पेस गरेका थिए । जसअनुसार सानो पाइलाले १५ वर्षमा दुई हजार ५१ जना कुलतमा लागेका युवालाई समाजमा पुनस्र्थापित गरेको छ । साढे सात सय युवालाई प्रशिक्षित गरेर समुदायमा परिचालन गरेको छ । यस्तै २२ जना बालबालिकालाई ‘सानो घर’मा राखेर शिक्षादीक्षा दिइरहेको छ ।
यसैगरी संस्थाले हिंसा र शोषणमा परेका तीन सय ९९ जना बालबालिकालाई भारतलगायत अन्य मुलुकहरूबाट उद्धार समेत गरेको जनाएको छ । दुई सय ९७ बालबालिकालाई हालसम्म छात्रवृत्ति दिएको छ भने भूकम्पका बेला एक सय २६ घर र एक स्कुल निर्माण गरेको छ । यसैगरी ५४ स्वास्थ्य शिविर सञ्चालन गरेर करिब छ हजार जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।
दैवी प्रकोपले अप्ठ्यारोमा परेका करिब एक लाख २० हजार जनालाई राहत वितरण गरेको पनि संस्थाले जनाएको छ । सर्राफका अनुसार कोभिडका समयमा एक लाख १८ हजार ५० जनालाई सानो पाइलाले निःशुल्क पोषिलो खाना खुवाएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया