Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ स्मार्ट ग्लास अनावरण गर्ने ओप्पोको तयारी

नयाँ स्मार्ट ग्लास अनावरण गर्ने ओप्पोको तयारी


काठमाडौं । नजिकिँदो ओप्पो इन्नो डे २०२१ मार्फत ओप्पोले आफ्ना नयाँ रणनीति तथा विभिन्न रोचक प्रविधि अनावरण गर्ने तयारी गरेको छ । कम्पनीको हालसम्मकै बृहत् प्राविधिक समारोहमार्फत ओप्पोको पहिलो एनपीयू (न्यूरल प्रोसेसिङ युनिट) र ओप्पोको नयाँ स्मार्ट ग्लासेजका साथै अन्य विभिन्न प्राविधिक नवप्रवर्तनहरु सार्वजनिक हुन तयार छन् ।

डिसेम्बर १४ र १५ का दिन ओप्पो इन्नो डे २०२१ को आयोजना अनलाइन र अफलाइन दुवै माध्यमबाट हुनेछ । अनलाइन समारोहका दौरान ओप्पोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी च्यानले कम्पनीको परिष्कृत कर्पोरेट रणनीति तथा आरएण्डडीका लागि नयाँ दिशाका बारेमा किनोट स्पिच प्रस्तुत गर्नेछन् । त्यसैगरी कम्पनीका अन्य वरिष्ठ कार्यकारीहरुमार्फत नयाँ एनपीयू र स्मार्ट ग्लासेजका बारेमा जानकारी दिइनेछ ।

ओप्पो इन्नो डे २०२१ मार्फत कम्पनीले रिट्रयाक्टेवल क्यामेरा र डिजिटल ह्युमनलगायत आफ्ना विभिन्न अत्याधुनिक प्रविधिहरुबारे जानकारी प्रस्तुत गर्नेछ । साथै, इमेजिङ, एआई, एआर र फाइभजी लगायत आफ्ना उल्लेखनीय नवप्रवर्तनहरु पनि सार्वजनिक गरिनेछन् । सन् २०१९ मा यसको सुरुवातसँगै ओप्पो इन्नो डेमार्फत नयाँ उत्पादनहरु तथा अन्य उल्लेखनीय नवप्रवर्तनहरु सार्वजनिक हुँदै आइरहेका छन् ।

ओप्पो इन्नो डे २०१९ मार्फत ओप्पोले एआर ग्लासेज, फाइभजी सीपीई र ओप्पो वाट्च स्मार्टवाट्च सिरिजलगायतका पहिलो पुस्ताको घोषणा गरेको थियो । पछिल्लो वर्ष ओप्पोले ओप्पो एक्स २०२१ रोलेबल कन्सेप्ट ह्यान्डसेट, ओप्पो एआर ग्लास २०२१ र साइबरियल गरी तीन उत्पादनको प्रदर्शनी गरेको थियो । यस वर्ष पनि उक्त परम्परालाई निरन्तरता दिँदै ओप्पोले प्राविधिक विकासलाई नयाँ उचाइ प्रदान गर्ने आफ्ना थप नयाँ उपलब्धिहरु सार्वजनिक गर्नेछ । प्रयोगकर्ताहरुले आफ्ना अवतारको प्रयोग गर्दै ओप्पोका नयाँ नवप्रवर्तनहरुको अनुभव गर्न सकून् भन्ने सोचका साथ ओप्पोले यस पटक भर्चुअल लञ्चको व्यवस्था पनि गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x