एमजी हेक्टर नेपाली बजारमा
काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले आफ्नो नक्साल शोरुममा पत्रकार सम्मेलन गरी बहु–प्रतीक्षित हेक्टर एसयूभी सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रममा गाडीको मूल्य सार्वजनिक गर्नुको साथै ग्राहकहरुलाई गाडी को चाबी हस्तान्तरण पनि गरिएको थियो । १.५ लिटर टर्बोचार्जयुक्त इन्टरकुल इन्जिन भएको हेक्टर शाइन एमटी र सीभीटी दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मूल्य ५९.९९ लाख रुपैयाँ र हेक्टर सीभीटीको मूल्य ६४.९९ लाख रुपैयाँ रहेको छ । सुरक्षा, शैली र फंक्सनालिटीको लागि हेक्टर इन्डियामा पहिलैबाट प्रशंसित छ ।
एसयूभी क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरेको छ । एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी गरिएको छ । भारतमा बनेको यो एसयूभी नेपालस्थित सम्पूर्ण डिलरसिपहरुमा उपलब्ध छ । यो हेक्टरको नयाँ मिड–स्पेक भेरियन्ट हो जुन बजारमा उपलब्ध मिड साइज एसयूभीहरुको लो–स्पेक र टप–स्पेक ट्रिमहरू बीचमा छ ।
एमजी हेक्टर नेपालमा अत्यधिक माग भएको बहु–प्रतीक्षित एसयूभी हो । एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास गरिएको छ । यसको नयाँ गेम–चेन्जर मोडलले एसयूभी लेगेसीलाई सुदृढ पार्दै लेटेस्ट एसयूभी हाँक्ने ग्राहकहरुको चाहना पनि पूरा गर्नेछ । कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौं र पारामाउन्ट मोटर्स प्रालिबीच सहकार्य पनि भएको थियो । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एउटा हिस्साअन्तर्गत पारामाउन्टले जोन्टा क्लब अफ काठमाडौंलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
जोन्टा क्लब अफ काठमाडौंले यो सहयोग रकमलाई घरेलु हिंसा, कार्य–स्थलमा हुने हिंसा/सार्वजनिक स्थलमा हुने हिंसा र बालविवाहविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै सचेतना अभियान सञ्चालन गर्न प्रयोग गर्नेछ । सोही दिन आयोजित सम्झौता ज्ञापन–पत्र हस्ताक्षर समारोहमा पारामाउन्ट मोटर्सले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई नगद १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया