काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको महाधिवेशन उद्घाटन गर्दै आफूले गरेको यो देशका लागि सबैभन्दा ठूलो काम वा देशलाई लगाएको ठूलो गुन भनी बताएको एउटा कुरा हो, यसअघिको सरकाबाट देशलाई मुक्ति दिनु । यसअघिको सरकार भनेको कम्युनिस्ट पार्टीको करिब दुई तिहाइको नेतृत्वको थियो । त्यसलाई हटाएकोमा यो देशले गौरव गर्नुपर्ने र सो काम गरेबापत आफू अर्को कार्यकालका लागि छानिनुपर्ने भनी आफ्ना कार्यकर्तामाझ घोषणा गरे । अर्थात् त्यो सरकार प्रतिस्थापन गर्नु नै आफ्नो दलबाट चुनाव जित्नुपर्ने आधार बनाए उनले । उनले हटाएको भनेको त्यो सरकारले पछिल्लो साढे तीन वर्ष शासन गरेको थियो, जसको मूल नारा थियो ‘सुखी नेपाली, समृद्ध नेपाल’ ।
त्यस्तो नारा बोकेको सरकार हट्दा देशले मुक्ति पाएको ठानिएछ । त्यो पनि बहालवाला प्रधानमन्त्रीबाट । यसबाट प्रस्ट हुन्छ कि पहिलेको सरकारले त्यो नारा भाषणका लागि मात्र प्रयोग ग¥यो कि अहिलेका प्रधानमन्त्रीले त्योभन्दा चर्को नारा दिए भाषणमा । कुरा जे होस्, समृद्धि भाषणमा नै सीमित रह्यो ।
अहिलेका प्रधानमन्त्रीले जसलाई विस्थापन गरेका हुन् ती प्रधानमन्त्रीको मूल नारा थियो, स्थायित्वको । उनी निर्वाचनमा जाँदादेखि नै र त्यसका लागि गठबन्धन गर्दादेखि नै स्थायित्व नै सबैभन्दा अघि थियो । स्थायित्व समृद्धिको एउटा आधार हो । तर भयो के भने सरकार गठन भएको दोस्रो वर्षदेखि नै देशमा अस्थिरता सुरु भयो । तेस्रो वर्ष त आफूले अध्यक्षता गरेको गरेको दलको दुई तिहाइको हाराहारीको संसद् विघटन गरेर आफैँले नृतृत्व गरेको सरकारलाई नै धरमरमा पारियो । यो कुरा आफैँले मूल नारा बनाएको देशको समृद्धिका विपरीत थियो । सरकारको अस्थिरताले सबैभन्दा बढी प्रहार गर्ने क्षेत्र नै समृद्धि हो । त्यो सरकारले वा नेतृत्वले यो समृद्धिलाई भाषणभन्दा परको विषय नमानेको यो एउटा उदाहरण हो । तर त्यो सरकारले त्यसबेला गरेका प्रत्येक दिनका भाषणमा उल्लिखित नारा नदोहोरिएको दिन नहोला । चासो राख्नेले अनुसन्धान गरे यो आफैँ प्रस्ट हुनेछ । त्यसपछि अहिलेका प्रधानमन्त्री प्रकट भए देशलाई त्योभन्दा बढी समृद्ध बनाउने भन्दै । शब्दमा यो नारा नभने पनि आसयले त्यही बुझाउँछ । अघिल्ला प्रधानमन्त्रीले जसरी देशको अवसर गुमाए वा खेर फाले यी प्रधामन्त्री यो ठाउँमा उनीभन्दा झन् बढी असफल भइरहेका छन् तर त्यसलाई उनले महसुस गरेनन् ।
महाधिवेशनमा उनले भोट माग्दा जे भने उनको कामले त्यस्तो आशालाग्दो रूप देखाउँदैन । उनको कार्यकालका कामकुरा हेरेमा त्यो आफैँ सिलसिलाबद्ध रूपमा आउँछन् । जब उनको नेतृत्वमा उनको दलले नै व्यापक असफलता व्यहोर्नु प¥यो, आफैँ दिनहीनमा पर्नगयो । पछिल्लो समय एउटा कागत्याली परेर सत्तामा पुग्नुबाहेक त्यस्तो नेतृत्वले यो देशलाई समृद्ध बनाउँछ भन्ने सामान्य सोच समेत आउँदैन मानिसमा । देउवा आफैँले पनि यो पटक किन उठ्न लागेको भनी बताउँदै भने, ‘विधानले दिएको छ ।’ उनका अपिलहरू हेरियोस् । यसको मतलब हो विधानबाहेक यो उम्मेदवारीको कुनै पृष्ठभूमि छैन । यो भनेको वैधानिक व्यवस्थाबाहेक देशको समृद्धिका लागि कुनै सपना नै छैन भन्ने बुझ्न सकिन्छ । त्यसकारण पनि देशको समृद्धि नेताका भाषणमा मात्रै सुनिने गरेको वा भाषणमा मात्र सीमित रहेको भन्नुपरेको हो । (आर्थिक देनिकबाट)
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया