शिक्षासेवी मिश्रलाई मरणोपरान्त केयूको प्रतिष्ठित सम्मान
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले वरिष्ठ शिक्षासेवी स्वर्गीय रामानन्द मिश्रलाई मरणोपरान्त प्रतिष्ठित ‘केयू–ओरेसन २०२१’ को सम्मान प्रदान गरेको छ । शनिबार काठमाडौँ विश्वविद्यालयको ३०औँ वार्षिकोत्सवको अवसर पारेर अयाोजित एक विशेष समारोहका बीच आठ महिनाअघि निधन भएका वरिष्ठ शिक्षासेवी स्व. रामानन्द मिश्रलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो ।
काठमाडौँ विश्वविद्यालयको स्थापना र विकासमा संलग्न रहेर, शैक्षिक र प्रशासनिक क्षेत्रमा कार्यरत रही महत्वपूर्ण समय प्रदान गर्ने प्रतिष्ठित व्यक्तित्वहरूलाई विश्वविद्यालयले सन् २०१४ बाट केयू परिसनको सम्मानबाट वार्षिक रूपमा सम्मान गर्दै आएको छ । यो वर्षका लागि सो प्रतिष्ठित सम्मान स्व. मिश्रलाई प्रदान गरिएको हो । काठमाडौँ विश्वविद्यालय स्थापनामा सराहनीय योगदान पु-याएका कारण स्व. मिश्रलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले जानकारी दिए । मिश्रले शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा रहँदा काठमाडौँ विश्वविद्यालयको ऐन निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
शिक्षा सेवाबाट अवकासपछि १९९९ देखि २००१ मा काठमाडौँ विश्वविद्यालय, धुलिखेल नगरपालिका, डेनिस राजदूतावासको संलग्नतामा सञ्चालित गुणस्तरीय शिक्षा परियोजनामा विश्वविद्यालयको तर्फबाट संयोजकको भूमिका समेत निर्वाह गरेका प्राडा थापाले जानकारी दिए । थापाका अनुसार सन् १९३९ नोभेम्बर ०८ मा सर्लाहीमा जन्मिएर काठमाडौँको नयाँ बानेश्वरमा २३ अप्रिल २०२१ मा मिश्रको निधन भएको थियो ।
काठमाडौँ विश्वविद्यालयको स्थापना तथा विकासका शैक्षिक तथा प्रशासनिक कार्यमा आफ्नो जीवनको महत्वपूर्ण समय प्रदान गरेका मरणोपरान्त ‘केयू–ओरेसन २०२१’को सम्मान प्रदान गरिएको प्राडा थापाले जानकारी दिए । स्व. मिश्रका सुपुत्र अजयकुमार मिश्रले सो सम्मान ग्रहण गरेका थिए । (आर्थिक देनिकबाट)
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया