दोलखा । सडक खुलेको करिब २५ वर्षसम्म स्तरोन्नति हुन नसकेको सुनखानी–साङ्वा सडकको कालोपत्रे हुने भएको छ । उत्तरी मुख्य ग्रामीण सडक सुनखानी–साङ्वा सडकको कालोपत्रे गर्न गत वर्षदेखि कालिञ्चोक गाउँपालिकाले सुरु गरेको थियो । गत वर्ष गाउँपालिकाले करिब चार किलोमिटर सडक कालोपत्रे गरेको थियो । बजेट अभावमा रोकिएको सो सडकको थप कालोपत्रे गर्न पुनः ठेक्का आह्वान गरिएको छ । सिन्धुपाल्चोकस्थित भौतिक पूर्वधार विकास कार्यालयले सडकको डिजिटल सर्वेक्षणपछि बहुवर्षीय ठेक्का लगाउने गरी बोलपत्र आह्वान गरेको हो ।
१५ किलोमिटर सडक कालोपत्रे गर्न बोलपत्र आह्वान भएको गाउँपालिका प्राविधिक प्रमुख इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिए । चरीकोट–सिँगटी सडकले छुन नसकेका ग्रामीण बस्तीको मुख्य सडक भएकाले गाउँपालिकाले सो सडकलाई महत्वपूर्ण सडक आयोजनाको रूपमा राखेको इन्जिनियर शिवाकोटीले बताए । पुसभित्र ठेक्का सम्झौता गरेर फागुनदेखि काम सुरु हुने गाउँपालिकाले जनाएको छ । प्रदेश सडकको अनुदानमा निर्माण हुने सो सडकको काम दुई महिनाभित्र ठेक्का प्रक्रियाबाट सुरु हुनेछ । सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयअन्तर्गत चालू आर्थिक वर्षमा २१ करोड ४४ लाख रुपैयाँ अख्तियारी पाएको छ भने १५ किलोमिटर सडक कालोपत्रका लागि समपुरक अनुदानअन्तर्गत ५१ करोड ८८ लाखको सिलिङ तोकिएको बताइएको छ । सम्झौताको दुई वर्षभित्र ठेकेदार कम्पनीले सडक कालोपत्रेसँगै पुल, कल्भट, नाला वाललगायतको संरचना पनि निर्माणकार्य सम्पन्न गर्नुपर्नेछ ।
गाउँपालिकाको ठूलो योजना सुनखानी–साङ्वा सडक
कालिञ्चोक गाउँपालिकाले गत आर्थिक वर्षमा गाउँपालिकाकै ठूलो योजनाको रूपमा करिब पाँच करोड बजेट यस सडक स्तरोन्नति गर्न खर्च गरेको थियो । कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीका अनुसार उक्त बजेटले गत वर्ष चार किलोमिटर सडक कालोपत्रे गरिएको थियो । सिसागोलाई कालोपत्र गर्न सुरु गरिएको छ ।
यसअघि गाउँपालिकाले पहिलो प्याकेजअन्तर्गत तीन करोड ३५ लाख रकम लगानी गरेर छ वडा जोड्ने मुख्य ग्रामीण सडक सुनखानी–साङ्वा सडकखण्डको सिसागोलाइदेखि पाटा गाउँसम्म २३ सय मिटर सडक कालोपत्रे गरेको छ भने सोही सडकमा दुई सय मिटर ढलान गरेर पहिलो प्याकेजको काम सकेको छ । त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत गाउँपालिकाकै पाटगाउँदेखि सुँगुरेसम्म करिब एक किलोमिटर सडक कालोपत्रे र पाँच सय मिटर ढलान गरेको छ । यस पटक थप १५ किलोमिटर सडक कालोपत्रे हुँदा बाबरेसम्म पुग्ने इन्जिनियर शिवाकोटीले बताए । उत्तरी मुख्य सडकको २४ वर्षदेखि स्तरोन्नति हुन सो भेगका मानिसलाई यात्रा गर्न असहज भई सास्ती खेप्नुपरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया