अलफ्ट काठमाडौंमा फुड फेस्टिभल ‘फ्लेभर्स अफ कस्मिर’
काठमाडौं । अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै ‘फ्लेभर्स अफ कस्मिर’ (कस्मिरको स्वाद) फुड फेस्टिभलको आयोजना गरेको छ । उक्त कार्यक्रमको नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरे ।
भारतीय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडविल एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै यो फुड फेस्टिभल आयोजना गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए । टाटा मोटर्सद्वारा प्रायोजित फेस्टिभल अलफ्टमा १० दिनसम्म अर्थात् पुस ४ गतेसम्म दैनिक साँझ साँढे ६ बजेदेखि साँढे १० बजेसम्म चल्नेछ । वेलकम ड्रिंक्ससहित खानाको प्रतिव्यक्ति करबाहेक दुई हजार पाँच सय लाग्ने बताइएको छ । फेस्टिभलको अवधिभर कास्मिरको विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतिको मिश्रणसहित उपलब्ध हुनेछ । शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल अलफ्ट अल–डे डाइनिङ ’नुक’मा उपलब्ध हुनेछ । प्राकृतिक सौन्दर्य मात्र नभई विभिन्न परिकारहरूको धनी कस्मिरको स्वाद नेपालमा चिनाउन पाउँदा आफू निकै उत्साहित भएको सिंहले बताए ।
’विश्वका विभिन्न फुड फेस्टिभललगायत ठूला–ठूला राज्य सभाहरूको लागि मेनु तयार गर्नको लागि सेफ राइना चर्चित छन् । उनैको यो अनुभवलाई लिएर काठमाडौंमा गरिने फ्लेभर्स अफ कस्मिर फेस्टिभल हाम्रो फुड फेस्टिभलको एउटा अंश हो । आउने दिनहरूमा हामी यसरी नै स्पेनिस, टर्किसलगायत अन्य अन्तर्राष्ट्रिय परिकारहरू पनि अलफ्टमा प्रस्तुत गरेका छौँ’, सिंहले भने ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया