Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सेवा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सेवा


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले बिरामीको टिकट वितरणमा डिजिटल सेवा सुरु गरेको छ । प्रतिष्ठानको मोबाइल एप्लिकेसनमार्फत बिरामी वर्गले अनलाइन टिकट लिन सक्नेछन् । उक्त सेवा पूर्वाञ्चलमा नै पहिलो हो ।

उक्त सेवाका लागि सेवाग्राहीले एन्ड्रोइड मोबाइलको प्लेस्टोरमा गएर बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । तत्पश्चात् एपबाटै टिकट काटी आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्नेछन् । उक्त प्रविधिले घण्टौं लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुट्कारा पाउने प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरी शंकर शाहले बताए । यो सेवालाई अझ विस्तार गरी ल्याब परीक्षणका रिपोर्टहरु अनलाइनबाटै हेर्न मिल्ने एवं पेइङ्गतर्फको बिरामी नाम दर्ता समेत यथाशीघ्र सञ्चालन गराउन उनले सम्बन्धित सबैमा जानकारी एवं आवश्यक निर्देशन दिइसकेको जानकारी समेत दिए । उक्त सेवाको उपयोग गर्न बिरामीलाई सहज होस् भनी प्रतिष्ठानको टिकट काउन्टर भवनको बाहिरपट्टि अनलाइन टिकट कसरी लिने भनेर सिकाउन सहयोगी समेत राखिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x