डडेल्धुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम
काठमाडौं । अग्नि ग्रुपले सुदूरपश्चिमको डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।
महिन्द्रा अटोमोबाइल्सका सबै शृंखलाका सवारीसाधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम डडेल्धुराको कीर्तिपुरमा अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले शनिबार स्थानीय प्रतिनिधिहरुसहित संयुक्त रुपमा उद्घाटन गरेका हुन् । अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न शृंङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।
कार्यक्रममा अग्नि ग्रुपका डडेल्धुरा, कीर्तिपुरका लागि बिक्रेता साइपाल अटोमोबिल्स प्रालिका प्रबन्धनिर्देशक ज्ञानेन्द्र साउदले महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्री एस सेटअपअन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै शृंखलाका उत्पादनहरू स्कोर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टस्को लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिएका थिए । डडेल्धुरा र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यो शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारीसाधनहरू, एसयूभीहरू, पिकअपसहितका सबै उत्पादनहरू उपलब्ध हुनेछन् ।
सोही दिन अग्नि ग्रुपले डोटीस्थित दिपायलमा रहेको दक्षिणकाली मोटर कोर्प प्रालिमा पनि अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ र दक्षिणकाली मोटर कर्प प्रालिका प्रबन्धनिर्देशक नविन जोशीको हातबाट संयुक्त रुपमा थ्रिएस सेटअपमै महिन्द्राका नयाँ शोेरुम र सर्भिस सेन्टरको उद्घाटन गरिएको छ । कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक/कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ । कम्पनीका अनुसार यो थ्रिएस सेटअपसहितको शोरुम अग्नि इन्कर्पोरेटेड प्रालिअन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेड अन्तर्गतको सुविधासम्पन्न सर्भिस सेन्टर हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया