जावा मोटरसाइकलको डिलर दाङ र धनगढीमा विस्तार
काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले आफ्नो दुई नयाँ डिलरहरु तुल्सीपुर रोड, घोराही–१५, दाङ्गमा जेबीएस अटोमोबाइल्स र धनगढीको बोराडन्डी आर्मी हस्पिटल सामुन्ने दिवा मोटर्स प्रालिलाई सञ्चालनमा ल्याएको छ ।
बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, बाग्लुङ, वीरगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि दाङ्ग र धनगढीमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूमहरु स्थापना गरिएको हो । जेबीएस अटोमोबाइल्स र दिवा मोटर्स प्रालिको सञ्चालनसँगै आसपासका क्षेत्रका ग्राहकहरुले अब यी शोरुमहरुबाट प्रशस्त गुणस्तरीय सेवा लिन सक्नेछन् । अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकलप्रेमीहरुले निकै रुचाएको जावा मोटरसाइकलले सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
यसैबीच नेपालका विभिन्न स्थानहरुमा द्रुतगतिमा डिलरहरु स्थापना गर्ने क्रममा फेसनेबल र स्टाइलिस जावा मोटरसाइकलले सञ्चालनमा ल्याएको यी दुई डिलरहरुबाट सम्पूर्ण सेवा पाइने पनि बताइएको छ । कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न पनि सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया