कांग्रेसमा नीति, निष्ठा र नेतृत्वको खोजी
काठमाडौं । यतिबेला सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्व चयनका लागि महाधिवेशनको रन्कोमा छ । यतिबेला देशमा रूपान्तरण खोज्ने हो भने वास्तवमा नै इमान्दारिताका साथ यो दलमा नीति, निष्ठा र नेतृत्वको खोजी भइरहेको छ सबैतिरबाट । यो महाधिवेशन चलिरहँदा पनि केही कुराको अभाव देखियो भने त्यही नीति, निष्ठा र नेतृत्वको नै रह्यो । यी तीन कुरा नीति, निष्ठा र नेतृत्वको सही रूपले संयोजन भएन भने त्यसको दुष्प्रभाव मुलुकले व्यहोर्नुपर्ने हुन्छ । कांगे्रसको यही महाधिवेशनको उद्घाटनसत्रमा एउटा गम्भीर कुरा उठ्यो, नेतृत्वमाथि आक्षेप लाग्ने खालको । त्यो आरोप कसले लगायो र किन लगायो भन्ने आफ्नो ठाउँमा होला । तर त्यही मञ्चमा तीन जना पूर्वप्रधानमन्त्रीले नेतृत्वको बचाउ गर्न प¥यो । सत्तारुढ दल र त्यसका सभापतिले अध्यक्षता गरेको कार्यक्रममा यस्ता कुरा आउनु नेतृत्वका लागि सामान्य कुरा होइन । यसको सारसंक्षेप हो वास्तवमा नै यतिबेला कांग्रेसमा नीति, निष्ठा र नेतृत्वको मिहिन रूपले खोजी हुनुपर्ने विषय बनेको अवस्था हो ।
नीति भएन भने निष्ठा पनि आउँदैन । यो दल आजसम्म देशको मूलधार बनेको पनि असल नीति, त्यसमाथि अटल निष्ठा र त्यसलाई थेग्न सक्ने दरिलो नेतृत्वले नै हो, जो पछिल्ला कालखण्डमा यी ती कुरामा विचलन आयो । त्यसकै उदाहरण हुनुपर्छ यसको मञ्चबाटै नेताहरूलाई जनताले चोर भन्न थालेका भनी सम्झाइएको अवस्था । कांग्रेस यतिबेला यी तीन कुराको खोजीमा छ । अबका दिनको देशको दिशा र दशा कांग्रेसले स्थापित गर्ने नीति र जाहेर गर्ने निष्ठा तथा त्यसलाई हाँक्ने नेतृत्व सहीरूपले चयन भयो भने मात्रै देशका लागि कांगे्रसकै लागि पनि यो भेलाको अर्थ रहन्छ । कांग्रेसका यी सहभागीहरूले नै हो अब कसैले पनि चोर भन्ने खालको नेतृत्व नआओस् भन्ने स्थापित गर्ने बेला पनि । यो ठाउँमा अलिकति चुक भयो भने फेरि अर्को वर्ष कुनै अर्को व्यक्तिबाट कांग्रेसको यस्तै सभामा फेरि यस्तै आरोप लाग्न सक्तछ, जो यो भेलाले अलिकति चुक गर्दा र त्यसको छनोटको परिणाम मान्नुपर्छ । त्यसै पनि विपक्षी दलहकरुले कांग्रेसलाई यथास्थितिवादी र परम्परावादीको पार्टी भनेर आक्षेप लगाइरहेका छन् । यो भेलाको अर्को दायित्व हो, यसलाई चिर्न सक्नु । कांग्रेस यसका लागि सक्षम छ कि छैन भन्ने परीक्षण हुने क्षण पनि यही हो ।
कांग्रेसको यो १४औँ महाधिवेशन सम्पन्न भइरहँदा यो सत्तामा छ । तर यो कति स्वाभाविक वा प्राकृतिक खालको हो भन्ने पनि आफ्नै ठाउँमा छ । कांग्रेसको नीति, निष्ठा र नेतृत्वको खोजी त्यतिबेलादेखि नै भएको हो जतिबेला यसको नेतृत्वमा सम्पन्न भएको आम निर्वाचनमा अपेक्षित परिणाम आएन । कांग्रेस पराजित हुँदा देशमा थेग्नै नसक्ने खालको अतिवाद हावी भएको भन्ने त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वयम्ले आफ्नो उद्घाटन भाषणमा बताइसकेका छन् ।
कांग्रेसमा नीति, निष्ठा र नेतृत्वमा अलिकति गडबडी भयो भने त्यसले देशलाई पनि नोक्सान पार्छ भन्ने यो उदाहरण हुनुपर्छ । देशमा निष्ठायुक्त नेतृत्व भएन भने के हुन्छ भन्ने व्यापक बहस चलिरहेका बेला यो दलका आम कार्यकर्ता आफ्ना प्रतिनिधिमार्फत तिनले नयाँ नेतृत्व छान्ने सन्दर्भमा कस्तो विवेक प्रयोग हुन्छ भन्ने प्रतीक्षामा रहेका हुनुपर्छ । त्यसले नै पार्टीको ऐतिहासिक गरिमा कायम राख्ने हुन्छ र राजनेतामाथि आस्था र विश्वास बढाउने काम पनि हुन सक्तछ साथै देशले पनि नयाँ गन्तव्य भेट्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया