दराजको वर्षको अन्तिम सेल अभियान १२.१२ सुरु
काठमाडौं । अनलाइन बजार दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । यस वर्षको ११.११ अभियानको सफलतापछि दराजले उक्त अभियान घोषणा गरेको हो ।
कम्पनीका अनुसार उक्त अभियान शनिबार मध्यरातबाट सुरु भएको हो । यस अभियानमा दराजका उपभोक्ताहरुले विशेष छुटमा चार हजारको मेगा भौचर र बैंक कार्डमार्फत १० प्रतिशत अर्थात् अधिकतम दुई हजार रुपैयाँसम्मको थप छुटको लाभ उठाउन सक्नेछन् । अभियानमा सनराइज बैंक, एनएमबी बैंक, बैंक अफ काठमाडौँ, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्ड ग्राहकहरूले क्रेडिट कार्डमार्फत अधिकतम दुई हजार रुपैयाँ र डेबिट कार्डमार्फत १० प्रतिशत अधिकतम एक हजार रुपैैँया प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, ग्राहकहरूले अभियान अवधिभर आफ्नो इ–सेवा र आईएमई–पे वालेटमार्फत भुक्तानी गर्दा सीमित समयसम्मको विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् । यस वर्षको १२.१२ मा फिलिप्स, सामसङ, लेनोभो, एर्क, लोट्टो, सीजी डिजिटल साथै अन्य धेरैका उत्पादनहरूमा ६० प्रतिशतसम्मको छुट रहेको पनि कम्पनीले जनाएको छ । यसबाहेक ग्राहकहरूले फ्यासन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू जस्ता विभिन्न वर्गहरूमा फैलिएका १३ लाखभन्दा बढी उत्पादनहरूमा पनि विशेष डिल र अफरहरू प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको अनुसार दराज १२.१२ एक बिक्री–सञ्चालित अभियान मात्र नभई देशभरका आफ्ना सारा ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र बफादारीका लागि धन्यवाद व्यक्त गर्ने एउटा माध्यम हो । यस्तै यस अभियानको अतिरिक्त हाइलाइटमा एक खेल एक रुपैयाँ रहेको छ । यसमा ग्राहकहरूले केवल एक रुपैयाँमा श्री बालाजीको हिराको टप, एन्यागितार, रियलमिनार्जो, हाई ग्राउण्ड एडभेन्चर जिपलाइनर बन्जी, वर्ल्ड लिंक तिन सय एमबीपीएसको १२ महिना टिभी र इन्टरनेटजस्ता पुरस्कारहरू जित्ने मौका पाउनेछन् । यस अभियानमा सहभागी हुनको लागि ग्राहकहरूले डेबिट/क्रेडिट कार्ड वा आईएमई–पेमार्फत एक रुपैयाँ पूर्व–भुक्तानी गर्नुपर्छ । यदि ग्राहकहरूले पुरस्कार नजितेमा पूरा रकम फिर्ता गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै, नयाँ दराज प्रयोगकर्ताहरूले १२.१२ मा किनमेल गरेबापत रियलमी ८ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् । केवल दराजमा साइन अप गरी दराजमा आफ्नो पहिलो अर्डर राखेबापत प्रयोगकर्ताहरू स्मार्टफोन जित्नको लागि योग्य हुने कम्पनीको भनाइ छ । यसका साथै १२.१२ मा किनमेल गर्ने ग्राहकहरूले मेगा–गिभ वेअन्तर्गत बाल्ट्राको फ्रन्ट लोडिङ १० किलो वाशिङ मेसिन पनि जित्ने मौका पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया