Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकिरेइ कस्मे जापानको नयाँँ बानेश्वरमा स्टोर

किरेइ कस्मे जापानको नयाँँ बानेश्वरमा स्टोर


काठमाडौं । जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य सामाग्रीहरु काठमाडौंमा पनि उपलब्ध गराउने भएका छन् । विगत एक सय ३६ वर्षदेखि जापानमा सौन्दर्य सामग्रीहरु उत्पादन गर्दै आइरहेको मोमोतानी जुनतेन्कानको स्वामित्वमा रहेका यी दुवै ब्रान्डका उत्पादनहरु नेपालमा पहिलो पटक उपलब्ध हुनलागेका हुन् ।

मोमोतानी जुनतेन्कान ले १८८५ मा बिगन्सुइ नामको एक्ने केयर उत्पादनसँगै आफ्नो उत्पादनको सुरुवात गरेको थियो । यसले पछि अन्य स्किन केयर सामाग्रीहरुको उत्पादन गर्न थालेको हो । हाल मेशोकु र मोमोतानीका उत्पादनहरु विश्वका २५ देशमा बिक्री भइरहेका छन् । नेपालस्थित लाफिङ यति ट्रेडिङ प्रालिले यसलाई नेपालमा भित्र्याएको हो । लाफिङ यतिले नयाँँ बानेश्वर र पुल्चोकमा जापानिज भेराइटी स्टोर खाइमोनो र सिभिल मलमा टच–मी जापान पनि सन्चालन गर्दै आइरहेको छ । खाइमोनोमा सम्पूर्ण घरायसी सामानहरु, सजावटका सामानहरु, जापानी सौन्दर्य प्रसाधनहरु र अन्य उपयोगी सामानहरु उपलब्ध छन् भने टच मीमा महिला पुरुष दुवैको लागि ब्रान्डेड ब्यागहरु उपलब्ध छन् । टच मीमा महिला तथा पुरुष दुवैको लागि अन्य एसेसरिज पनि चाँडै उपलब्ध हुने कम्पनीले जनाएको छ । यहाँँ पाइने सम्पूर्ण सामानहरु जापानमै त्यहीँको गुणस्तर मापदण्ड अनुसार उत्पादित हुन्छन् । लाफिङ यती अन्तरराष्ट्रिय कम्पनीमा काम गर्दै त्यहाँको ज्ञान र अनुभव नेपालमा हस्तान्तरण गर्दै युवा सशक्तीकरण एवम् महिला सशक्तीकरणद्वारा नेपालमै सक्षम युवा नेतृत्व उत्पादन गर्ने अभिप्रायले नेपाली युवाद्वारा स्थापित कम्पनी हो । यसै कम्पनीले नयाँँ बानेश्वर, काठमाडौंमा किरेइ कस्मे जापानको नाममा आफ्नो पहिलो जापानिज् कस्मेटिक र स्किन केयर शोरुम पनि उद्घाटन गरेको छ ।

यसको उद्घाटनसँगै नेपाली महिलाहरुले विश्व–प्रसिद्ध, उच्च गुणस्तरीय र दिगो जापानी उत्पादनहरु सहजै प्राप्त गर्न सक्नेछन् । नेपालमा मोमोतानी र मेशुकोका उत्पादनहरु किरेइ कस्मेले मात्र एक्स्क्लुजिव रुपमा बिक्री गर्नेछ । यसको स्टोर नयाँँ बानेश्वरस्थित काइमोनो जापानको शोरुमसँगै रहेको छ । अभिनेत्री स्वस्तिमा खड्काले रिबन काटेर शोरुमको उद्घाटन गरेकी थिइन् । उनले सोही शोरुममै उक्त दुई ब्रान्डका उत्पादनहरु पनि लन्च गरेकी थिइन् । मोमोतानी र मेशुकोको गुणस्तरीय उत्पादनहरु दराज अनलाइन शपिङ र काइमोनो जापान अनलाइन स्टोरमा पनि उपलब्ध छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x