Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्लास्टिक प्रयोगमा ५७ प्रतिशत कटौती

प्लास्टिक प्रयोगमा ५७ प्रतिशत कटौती


काठमाडौं । कोका–कोला, पीएन्डजीजस्ता ठूला कम्पनीहरुले प्लास्टिकजन्य फोहोरको संकट समाधान गर्न उल्लेखनीय पहल गरेका छन् । विश्व वन्यजन्तु कोषको नयाँ प्रतिवेदनले आफ्नो ‘रि–सोर्स प्लास्टिक’ कार्यक्रमको मुख्य सदस्यहरु दि कोका–कोला कम्पनी, केउरिग डा. पेपर, म्याकडोनाल्ड्स कर्पोरेसन, पीएन्डजी र स्टारबक्सले २०१८ र २०२० को बीचमा आफ्नो प्लास्टिक प्रयोगमा ५७ प्रतिशत कटौती गरेको उल्लेख गरेको छ ।

उक्त वर्षहरुमा पुनः प्रयोग गर्न नसकिने अथवा हार्ड–टु–रिसाइकल साना–साना सामानहरु स्ट्र, प्लास्टिकका भाँडाकुँडाहरु, भिनाइल र कडा फोमजस्ता सामानहरुको प्रयोगमा कटौती गरेर कुल ७१ हजार मेट्रिक टन कम फोहोर उत्पादन भएकोे छ । प्लास्टिकजन्य पदार्थको उत्पादन र प्रयोगमा कमी आउनुलाई रिसोर्स प्लास्टिकको दोस्रो वार्षिक प्रतिवेदन : ट्रान्सपरेन्ट २०२१ मा प्रकाशित प्रोग्रेसको मुख्य उपलब्धिको रुपमा हेरिएको छ । डब्ल्युडब्ल्युएफद्वारा २०१९ मा सुरु गरिएको यो कार्यक्रम प्लास्टिकजन्य प्रदूषणमा कर्पोरेट प्रभावको मात्रा निर्धारण गर्ने र लाखौँ टन प्लास्टिकको फोहोरलाई रोक्न कम्पनीले निर्वाह गरेका भूमिकाहरु ट्रयाक गर्नेे प्रयास गरेको छ ।

दि ट्रान्स्परेन्टको रिपोर्टिङले कसरी हरेक वर्ष प्लास्टिकको फुटप्रिन्टहरू परिवर्तन भइरहेका छन् भनेर प्रोग्रेस् ट्रयाक गर्ने र प्लास्टिकजन्य उत्पादनमा कर्पोरेट संलग्नतामा डब्ल्युडब्ल्युएफले क्रिटिकल ठह-याएको तीन क्षेत्रहरुमा प्राथमिकताअनुसार काम अगाडि बढाउन सुझाव दिएको छ । अनावश्यक प्लास्टिक प्रयोग नगर्ने, आवश्यक प्लास्टिकहरु दिगो तरिकाले उत्पादन गर्ने र यस्ता प्लास्टिकहरुको रिसाइक्लिङ दोब्बर बनाउने सुझाव दिइएको छ ।

रिपोर्टका अनुसार धेरै कम्पनीहरुले रिसाइक्लिङ प्लान्टहरु प्रयोग र विस्तार गर्न सुरु गरेका छन् । साथै उनीहरु वातावरणीय र सामाजिक रूपमा जिम्मेवार रिसाइक्लिङ सिस्टमहरु विकास गर्न कन्ज्युमर्स बियोन्ड वेस्ट कार्यक्रममा पनि सहभागी भएका छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x