Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलस्कर फुड्सको ‘कर्पोरेट लन्च अफर’

लस्कर फुड्सको ‘कर्पोरेट लन्च अफर’


काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ‘कर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको हो ।

लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर तथा कार्यालयमा पु-याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन वस्तीले बताए । लस्कर फुड्सले यस अफरसँगै, अरु विभिन्न अफर समेत ल्याएको छ । यसको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । वस्तीका अनुसार तोकेको समयसीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।

काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ–कमर्स, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछि लस्कर फुड्सले कर्पोरेट लन्च अफर अघि सारेको जनाएको छ । बजारमा दर्जनौँ फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुड्सका प्रमुख कार्यकरी अधिकृत वस्तीको दाबी छ । प्रभु–पे, इ–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था रहेको पनि कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x