चार्टर्ड एकाउन्टेन्ट्स संघ र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सहकार्य
काठमाडौं । लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सहकार्यसम्बन्धी समझदारी भएको छ । दुवै संस्थाले पारस्परिक लाभकारी रणनीतिक गठबन्धन स्थापना गर्न, ज्ञान आदानप्रदान, तालिम, अनुसन्धान, नीतिगत परामर्शमा सहकार्य गर्न समझदारी गरेका हुन् ।
उक्त समझदारीपत्रमा एक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्ले र महासंघका अध्यक्ष प्रेम श्रेष्ठले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार दुवै संस्थाले वित्तीय नीति र प्रक्रियामा विभिन्न सरोकारवालासँग सहकार्य र संयुक्त रुपमा लबी गर्ने र दुवै पक्षलाई फाइदा हुने अनुकूल वातावरण सिर्जना गर्नेतर्फ मिलेर काम गर्नेछन् । प्रशिक्षण, गोष्ठी, सम्मेलनजस्ता कार्यक्रम संयुक्त रुपमा आयोजना गर्ने, महासंघ र मातहतका जिल्लास्तरमा गठित विभिन्न समितिहरुमा आवश्यकताअनुसार एक्यानको प्रतिनिधित्व गर्न पदेन सदस्य रहने व्यवस्था मिलाउने, दुवै संस्थाका प्रदेश तहका कार्यालय र समितिबीच समन्वय गरी आपसी समझदारी र सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा उल्लेख छ ।
दुई वर्षका लागि गरिएको समझदारीअन्तर्गत एक्यानले महासंघका सदस्यलाई विषयगत तालिम पनि उपलब्ध गराउने छ । समझदारीबारे टिप्पणी गर्दै महासंघका अध्यक्ष श्रेष्ठले यसबाट महासंघमा आबद्ध ३६ जिल्लाका १० हजारभन्दा बढी सदस्यले चार्टर्ड एकाउन्टेन्ट्सहरुको विज्ञतामा आधारित सरसल्लाहबाट प्रभावकारी व्यावसायिक योजना बनाएर अघि बढ्नसक्ने बताए ।
एक्यानका अध्यक्ष वाग्लेले आफ्ना सदस्यहरुको विज्ञताबाट हेभी इक्विपमेन्ट व्यवसायीहरु लाभान्वित हुन सकून् भन्ने उद्देश्यले नै सहकार्य गर्नलागेको बताए । संघले सञ्चालन गर्दै आएको कर, बजेट, मौद्रिक नीतिलगायत अन्य आर्थिक नीतिसम्बन्धी सचेतना कार्यक्रम महासंघका सदस्यमार्फत अघि बढाउन पनि यो सहकार्यले योगदान गर्ने उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया