Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसाना व्यवसायी लक्षित एनसेल बिजलाइट’ प्रिपेड प्लान

साना व्यवसायी लक्षित एनसेल बिजलाइट’ प्रिपेड प्लान


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायीलाई लक्षित गरी एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्नुपर्ने बाध्यताविना सहजै प्रिपेड सेवा लिन सकिन्छ ।

साना तथा मझौला व्यवसायी र स–साना कार्यलयहरुलाई ध्यानमा राखी ल्याइएको यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवालगायतका विशेषताहरु रहेका छन् । ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि छ भने रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेको छ । बिजनेस सधैँ अन थिमअन्तर्गत शुक्रबारबाट लागू हुने गरी यो योजना ल्याइएको हो ।

ग्राहकहरुले सरल रुपमा प्रचलित प्रिपेड सेवामा जस्तै यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समूह अर्थात् कार्यालयका साथीहरुसँग करसहित जम्मा ३० पैसा प्रतिमिनेटका दरमा कुरा गर्न सक्छन् । त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि करसहित मात्र एक रुपैयाँ ३० पैसा प्रतिमिनेटमा उपलब्ध हुन्छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा १ रुपैयाँ ३० पैसा प्रतिएमबी र पेजी एसएमएस सेवा पनि प्रतिएसएसएस सोही रकममा पाउँछन् ।

ग्राहकले एकपटक मात्र करसहित मात्र एक सय ५० रुपैयाँमा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्छन् । यो प्लान सुचारु भएपछि ग्राहकले ३५ रुपैयाँ मेन ब्यालेन्ससहित सात दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्दछन् । यसको साथै ३० दिन सम्ममा जम्मा दुई सय रुपैयाँको रिचार्ज गरेमा ग्राहकले सात दिनको समयसीमा रहेको एक जीबी डेटा पनि प्राप्त गर्दछन् । यस प्लानमा रहेका अन्य सुविधाअन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् ।

ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ प्याकअन्तर्गत दुई जीबी/चार जीबी/छ जीबी डेटा प्याक, वानटाइम तीन जीबी/पाँच जीबी प्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन् । कम्बो प्याकअन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङसहितको दुई सय रुपैयाँको कम्बो सिल्भर, तीन सय रुपैयाँको कम्बो गोल्ड वा तीन सय ५० रुपैयाँको कम्बो प्लाटिनम प्याक पनि लिन सक्छन् ।

बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरु र स–साना कार्यलयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गर्दै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्धि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ । यस प्रिपेड योजनाका साथ एनसेलले ग्राहकलाई विना कुनै निश्चित अग्रिम मासिक शुल्क आकर्षक सेवा प्रदान गर्नेछ । यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आबद्ध व्यक्तिहरुले कम्तीमा दुई सिमकार्ड लिनुपर्नेछ । विद्यमान प्रिपेड प्लान, बिज इन्टरनेट र स्ट्याण्डर्ड इन्टरनेट पोस्टपेड प्लानका ग्राहकहरुले पनि आफ्नो संस्थासँगको आबद्धता स्थापित गर्ने कुनै पनि कागजातहरु पेस गरी बिजलाइट प्रिपेड प्लान सहजै लिन सक्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x