Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनोकिया वाइफाइ विकोन मेस एक्सेस पोइन्ट

नोकिया वाइफाइ विकोन मेस एक्सेस पोइन्ट


काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्रोडब्यान्ड आईएसपी कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नेपालमा आफ्ना ग्राहकहरूका लागि तीव्र गतिको फोटोन सर्भिस सिमलेस होम वाइफाइ अनुभव प्रदान गर्नको लागि नोकिया वाइफाइ विकोन मेस एक्सेस पोइन्ट नेपालमा लन्च गरेको छ । यस इन्टरनेट सेवामार्फत वर्ल्डलिंकका ग्राहकहरुले आफ्नो घर तथा व्यवसायका लागि ६०० एमबीपीएसको अति उत्कृष्ट गति प्राप्त गर्न सक्नेछन् ।

नोकिया विकोनमार्फत, वल्र्डलिंकका ग्राहकहरुले आफ्नो काम, अध्ययन र मनोरञ्जनका लागि घरभित्र सिमलेस इन्टरनेट सेवाको अनुभव गर्नसक्ने बताइएको छ । अनलाइन–शिक्षा, स्वास्थ्य सेवा, खुद्रा बिक्री र अनलाइन नै काम भएसँगै घरको वाइफाइ नेटवर्कमा जडान हुने डिभाइसहरुको संख्या पनि उत्तिकै बढेको छ । घरभित्र रहेका कुनाकाप्चा र डेडजोनहरूमा वाइफाइ कभरेज प्रभावित हुनसक्छ । विकोनमा नोकियाको वाइफाइ मेस टेक्नोलोजी प्रयोग भएको हुँदा भित्री पर्खालहरूबाट हुने अवरोधहरू नहुने भएकाले छिटो र भरपर्दो इन्टरनेट सेवाको अनुभव गर्न सकिने कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x