भोटेनाम्लाङमा एउटै ढुंगामा ८० फिटको बुद्धको मूर्ति बन्ने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङमा रहेको ठूलो एउटै ढुंगामा ८० फिट उचाइको बुद्धको मूर्ति निर्माण हुने भएको छ ।
लगभग पाँच करोडको लागतमा गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागको संयुक्त आयोजनामा सो मूर्ति स्थापना गरिन लागिएको हो । एसिया क्षेत्रमा एउटै प्राकृतिक ढुंगामा कलाकारले बुद्धको आकृतिको मूर्ति निर्माण गर्नेछन् । ठूलो ढुंगासहित पालिकाभित्र रहेको पाचँपोखरी, हबेली, ड्रागन गुफा, नागिथाम डाँडाजस्ता पर्यटकीय स्थलहरूको प्रचारप्रसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउँदै पर्यटकीय गन्तव्यको केन्द्र बनाउने उद्देश्यका साथ बुद्ध मूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । दुई वर्षभित्रमा मूर्तिको निर्माणकार्य सकिने गाउँपालिकाले जनाएको छ ।
आन्तरिक र बाह्य पर्यटक भित्र्याएर आम्दानीको स्रोत बढाउने लक्ष्य गाउँपालिकाको रहेको छ । ढुंगामा मूर्ति कोर्न मात्रै दुई करोड लाग्ने गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए । यसवर्ष मूर्ति कुँद्नको लागि बागमती प्रदेश सरकारले ५२ लाख बजेट विनियोजन गरेको छ । ८० फिटको बुद्धको मूर्तिवरिपरि कन्फरेन्स हल, रेष्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा सानासाना मूर्ति रहनेछन् ।
शनिबार मूर्तिको शिलान्यास पूर्वकानुन मन्त्री तथा नेकपा एमालेका सांसद शेर बहादुर तामाङले गरेका छन् । देशको घुम्नलायक एक सय गन्तव्यभित्रको १६औँ स्थानमा पर्न सफल पाचँपोखरी कुण्डसहित विभिन्न पर्यटकीयस्थल रहेको पालिका पाचँपोखरी थाङपाल गाउँपालिका हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
- राजनीतिकोे उतारचढावमा सेयरबजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया