Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको घोषणा

नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको घोषणा


काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (न्येफ) ललितपुर च्याप्टरको औपचारिक घोषणा गरिएको छ । युवा उद्यमीहरूलाई सकारात्मक व्यापारिक सोच र दृष्टिकोणलाई सशक्त बनाउने उद्देश्यले गत बुधबार उक्त च्याप्टरको घोषणा गरिएको हो ।

आभूषण ज्योति कंसाकारको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको छ, जसमा राज श्रेष्ठ प्रथम उपाध्यक्ष र सुमित श्रेष्ठ दोस्रो उपाध्यक्ष रहेका छन् । सो अवसरमा न्येफको राष्ट्रिय गभर्निङ काउन्सिल र नवगठित ललितपुर च्याप्टरबीच एमओयू आदानप्रदान भएको थियो । उक्त एमओयूमा राष्ट्रिय गभर्निङ काउन्सिल (एनजीसी)का तर्फबाट एनजीसीका अध्यक्ष उदीप श्रेष्ठ र ललितपुर च्याप्टरका तर्फबाट अध्यक्ष आभूषण ज्योति कंसाकारले हस्ताक्षर गरेका थिए । नयाँ कार्यसमितिमा मनिष थापा, रोविन झा, शिकार पाण्डे, एल्विस रञ्जित, निरज अग्रवाल, बिलशा श्रेष्ठ, विश्वास अधिकारी रहेका छन् ।

समारोहमा एनजीसीका अध्यक्ष उदीप श्रेष्ठले न्येफको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए भने एनजीसीका च्याप्टर उपाध्यक्ष सुमोदमान सैंजुले अध्यायको दिशानिर्देशका साथै अगाडि बढ्नका लागि आवश्यक उद्देश्य र भविष्यमा पालना गर्नुपर्ने कामहरुको व्याख्या गरेका थिए । साथै ललितपुर च्याप्टरका नवनिर्वाचित अध्यक्ष कंसाकारले आफ्नो कार्यकालको भावी योजना र उद्देश्यका बारेमा जानकारी गराएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x