टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक
काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ ल्याएको छ । यस अनुसार दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्कविना नै प्याकेज अवधिभर नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ । त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभर ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिन्छ । प्याक अवधिभर ग्राहकले आफ्नो आवश्यकताअनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा एड–अन प्याक समेत खरिद गरी चलाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘सजिलो अनलिमिटेड प्याक’अन्तर्गत पोस्टपेडमा पाँच सय ९९ रुपैयाँ, सात सय ९९ रुपैयाँ, नौ सय ९९ रुपैयाँ र एक हजार चार सय ९९ रुपैयाँका प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड पाँच सय ९९ अफरअन्तर्गत ३० दिनसम्म चलाउन मिल्ने गरी पाँच सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ ।
यस्तै सजिलो अनलिमिटेड पोस्टपेड सात सय ९९ अफरअन्तर्गत सात सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन एक जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डाटा, दुई सयवटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । सजिलो अनलिमिटेड पोस्टपेड नौ सय ९९ अफरअन्तर्गत नौ सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र चार सयवटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन दुई जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जीबी डाटा, एक सय मिनेट अफ नेट भ्वाइस र एक सयवटा अफ नेट सन्देश पठाउन सकिन्छ ।
यसैगरी सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफरअन्तर्गत १४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, एक हजार अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन चार जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डाटा, दुई सय मिनेट अफ नेट भ्वाइस र दुई सयवटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । उक्त सबै प्याक लिँदा जीएसएम पोस्टपेडमा लागू हुने रेन्टल चार्जबापतको तीन सय ८४ रुपैयाँ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु स्टार१४१५ह्याक्स डायल गरी प्राप्त निर्देशनअनुसार वा सहज रुपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
एड–अन प्याक खरिदको सुविधा
‘सजिलो अनलिमिटेड प्याक’मा उपलब्ध प्याकेजअनुसार प्रतिदिन एक जीबी, दुई जीबी र चार जीबी प्रयोग गर्न सकिने डाटा सकिएमा प्याकेजको बाँकी अवधिभरका लागि सस्तो दरको एड–अन प्याक खरिद गर्न सकिन्छ । यसअन्तर्गत दुई सय ९९ रुपैयाँमा प्रतिदिन एक जीबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जीबी डाटा सेवा एड अन प्याकको रुपमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रतिदिन प्रयोग गर्न सकिने एक जीबी डाटा सकिएमा ६४ केबीपीएसको निःशुल्क अनलिमिटेड डाटा सेवा भने उपलब्ध नै हुनेछ । यदि ग्राहकले ६४ केबीपीएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा ३० रुपैयाँमा एक जीबी, ४० रुपैयाँमा दुई जीबी र ५० रुपैयाँमा तीन जीबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी यो प्याककै रुपमा खरिद गर्न सकिन्छ ।
यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन एक जीबी प्रयोग गर्न सकिने ३० जीबी डाटा सेवाको प्याक पाँच सय ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा दुई सय ९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सकिन्छ । यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने एक जीबी डाटा सकिएमा ६४ केबीपीएस अनलिमिटेड डाटा सेवा प्याकेजको बाँकी अवधिभर निःशुल्क उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक
सजिलो अनलिमिटेड प्रिपेड पाँच सय ९९ प्याकमा पाँच सय ९९ रुपैयाँमा प्रतिदिन एक जीबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेका दुई सय ९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्नका लागि स्टार१४१५ह्याक्स डायल गरी दिइएको निर्देशनअनुसारको प्याक छान्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकम एपबाट पनि यो सुविधा लिन सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया