काठमाडौं । करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले ‘तेस्रो करियर फेस्ट’ को आयोजना गर्ने भएको छ । करियर पोइन्ट एजुकेसनको आयोजनामा आज मंगलबार राष्ट्रिय सभा गृहमा ‘करियर फेस्ट’ कार्यक्रम हुनलागेको हो ।
प्रत्येक वर्ष करियर फेस्ट आयोजना गर्दै आएको करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले यस वर्ष पनि गर्नलागेको जनाएको छ । वार्षिक रुपमा आयोजना हुँदै आएको करियर फेस्ट कार्यक्रमको पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले उद्घाटन गर्नेछन् । सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको मुख्य उद्देश्य नेपालभित्रै उच्च शिक्षा अध्ययनको संस्कृतिलाई बढावा दिनु रहेको करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक विशाल केसीले जानकारी दिए ।
पछिल्लो समय नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको शिक्षाको विकास भएकाले शिक्षाको लागि नै विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य रहेको केसीले बताए । करियर फेस्ट कार्यक्रमले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कलेज छनोटमा सहयोग पुग्ने विश्वास उनले गरेका छन् ।
कार्यक्रममा २५ भन्दा बढी कलेज र कर्पाेरेट हाउसले आफ्नो सुविधाहरुबारे जानकारी गराउनेछन् । जसले विद्यार्थीहरूलाई पाठ्यक्रमबारे जान्न र बुझ्न मद्दत गर्नेछ । साथै, तुलनात्मक रूपमा धेरै कलेजहरु भ्रमण गर्ने समयलाई पनि कम गराउनेछ ।
तेस्रो करियर फेस्टमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, हास्य कलाकार सुबोध गौतम, गायक अल्मोडा राणा उप्रेती र अन्य कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा पाँच हजार विद्यार्थीहरुको उपस्थिति हुने बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया