दोलखा । जिल्लाबाट रोजगारको सिलसिलामा दक्षिण कोरिया पुगेका दोलखाली युवाहरूको साझा संस्था दोलखाली समाज दक्षिण कोरियाले आयस्रोत निम्न भएका विपन्न जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
समाजले जिल्लाका सातवटा ग्रामीण गाउँबस्तीमा रहेका विद्यालयका दुई सय ८७ जना जेहेन्दार विद्यार्थीलाई ज्याकेट वितरण गरेको हो । दोलखाबाट वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका युवायुवतीबाट संकलित रकमले विपन्न बालबालिकालाई ज्याकेट सहयोग गरेको संस्थाका प्रतिनिधि निर्मल कार्कीले जानकारी दिए । समाजले जिरी नगरपालिकाको कामेश्वर आधारभूत विद्यालयका ३६ जना र देउराली आधारभूत विद्यालयका ४१ जना गरी ७७ जना विद्यार्थीलाई ज्याकेट सहयोग गरेको छ ।
त्यस्तै उत्तरी दुर्गम विगु गाउँपालिकाको शान्ति आदर्श माध्यमिक विद्यालयका ४० जना, कालिञ्चोक गाउँपालिकाको कालिनाग माध्यमिक विद्यालयका ३० जना र तामाकोशी गाउँपालिकाको महेन्द्र माविका ६० जना विद्यार्थीलाई पनि ज्याकेट वितरण गरिएको छ । यसैगरी शैलुङ गाउँपालिकाको जलधारा आधारभूत विद्यालयका ३५ जना र साँगुते माध्यमिक विद्यालय फस्कुका ४५ जना विद्यार्थीलाई ज्याकेट वितरण गर्न लागिएको कार्कीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया