काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका छन् । १३औँ संस्करणको साफ च्याम्पीयनसिप प्रतियोगितामा उपविजेता हुन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले संयुक्त रूपमा साफ उपबिजेता खेलाडीहरूलाई जनही पाँच लाख नगदसहित सम्मान गरेका हुन् । सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही पाँच लाख तथा प्रशिक्षकलाई तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालयले मंगलबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो ।
सम्मानित हुने खेलाडीहरूमा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा रहेका छन् । उनीहरूले जनही पाँच लाख नगद तथा सम्मानपत्र प्राप्त गरेका छन् ।
त्यसैगरी राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र प्रशिक्षकद्वय किरण श्रेष्ठ र विकाश मल्ललाई समेत जनही तीन लाख नगदसहित सम्मानपत्र उपलब्ध गराइएको छ । प्रतियोगितामा सहभागी अफिसियललाई समेत प्रमाणपत्रले सम्मान गरिएको हो । खेलाडीहरूलाई पुरस्कृत गर्दै प्रधानमन्त्री देउवाले राज्यले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । खेलाडीहरूले खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले खुसी समेत व्यक्त गरे ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री गहतराजले खेलाडीहरूको हौसला बढाउन सरकार तत्पर रहेको उल्लेख गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा राम्रो नतिजा ल्याउने खेलाडी तथा प्रशिक्षकहरू स्वतः पुरस्कृत हुनेगरी सरकारले सम्मान तथा पुरस्कार कार्यविधि ल्याउन लागेको उल्लेख गर्दै उनले सम्मानले खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया