सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा वितरण सुरु
काठमाडौं । नेपाली सेनाले सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा वितरण गर्न सुरु गरेको छ । जंगी अड्डामा बुधबार आयोजित एक कार्यक्रमका बीच बुधबार प्रधानसेनापति प्रभुराम शर्माले चेक हस्तान्तरण गरी ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा–२०७८’ को औपचारिक रूपमा शुभारम्भ गरेका हुन् ।
सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, श्रीमान् वा श्रीमतीको नाममा नेपालभित्र आफ्नो घर (न) नरहेका बहालवाला सकलदर्जाहरूलाई अत्यधिक सहुलियतपूर्ण ब्याजदर जम्मा तीन दशमलव ३२ प्रतिशतमा मुलुकभर भवन निर्माण गर्न वा घर खरिद गर्न २५ लाख रूपैयाँसम्मको आवास कर्जा उपलब्ध गराउने उद्देश्यका साथ नेपाली सेनाले उक्त आवास कर्जा सुविधा कार्यान्वयनमा ल्याइएको हो । हालसम्म २० जनाले उक्त सुविधाको लागि आवेदन दिइसकेको र त्यसमध्ये सात जनाको प्रक्रिया पूरा भई बैंकमा सिफारिस भइसकेको सेनाले जनाएको छ ।
यस्तै अन्य आवेदनहरू प्राप्त हुने क्रममा रहेको पनि सेनाले जनाएको छ । प्रधानसेनापति शर्माले उक्त आवास कर्जा कार्यक्रम लागू गर्ने प्रतिबद्धता गरेबमोजिम गत कात्तिक २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान तथा नेपाली सेनाले कर्जा उपलब्ध गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको बताए । उक्त कर्जाको लागि सेनाले प्रतिस्पर्धाका आधारमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानलाई छनोट गरेको थियो ।
आवास कर्जा आवेदन स्वीकृत भएका बहालवाला सकलदर्जाहरूलाई दोस्रो पक्षले धितो मूल्यांकनको आधारमा घर खरिद गर्न एकमुस्ट र घर निर्माणको हकमा कार्यप्रगतिको आधारमा पहिलो किस्ता स्वीकृत कर्जाको ४० प्रतिशत र दोस्रो तथा अन्तिम किस्ता ३०/३० प्रतिशतका दरले निर्माण प्रगतिको आधारमा प्रवाह गर्नेछ । कर्जा सुविधा उपभोगका लागि तोकिएको योग्यता पुगेका सकलदर्जाहरूले काठमाडौँ उपत्यकाको हकमा सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डाअन्तर्गत रहेको ‘आवास कर्जा कार्यान्वयन एकाइ’ र उपत्यकाबाहिरको हकमा पायक पर्ने नेपाली सेनाको युनिट वा कल्याणकारी बोर्डअन्तर्गतका हिताधिकारी कल्याण केन्द्रहरूमा आवेदन दिन सक्नेछन् ।
साथै, नेपाली सेनाले आफ्ना सकलदर्जा तथा हिताधिकारीहरूको सेवा सुविधाको दायरालाई फराकिलो बनाउँदै विगतमा कक्षा ६ देखि वितरण गर्दै आइरहेको कल्याणकारी छात्रवृत्तिलाई कक्षा ४ देखि नै वितरण गर्ने व्यवस्था मिलाएको छ । यस्तै अवकाशप्राप्त सकलदर्जाले प्राप्त गर्दै आइरहेको निवृत्तिभरणमा ६० वर्षभन्दा माथिकालाई वृद्धि गरी मासिक एक हजार रूपैयाँ पु-याइएको छ । यसका अलावा सबै प्रदेशहरूमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने हेतुले लुम्बिनी प्रदेशमा समेत सैनिक फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालय स्थापना गर्ने योजना कार्यान्वयनको क्रममा रहेको सेनाले जनाएको छ ।
सेनाका अनुसार सकलदर्जाहरूलाई समयसापेक्ष सुविधा र सहुलियतमा वृद्धि गर्दै लैजाने नीतिअनुरूप यस किसिमको सहुलियतपूर्ण आवास कर्जा कार्यान्वयनमा आएपश्चात् कल्याणकारी सेवा सुविधामा समेत वृद्धि हुनुका अतिरिक्त सैनिक सेवाप्रतिको आकर्षण समेत बढ्ने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथिवृन्द तथा अधिकृतलगायत राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानका पदाधिकारीहरूको उपस्थिति थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया