काठमाडौं । यतिबेला केरोना नयाँ चरणमा प्रवेश गरेको छ र त्यसले खोपको अर्को मात्रा खोजिरहेको छ । त्यो हो बुस्टर डोज, कोरोनाले नयाँ चरणमा प्रवेश गरेपछि विज्ञहरूले त्यससँग लड्न बुस्टर डोजको अवधारणा ल्याएका हुन् । कतिपय देशले यस्तो डोज लगाई पनि सके । तर नेपालमा भने यसको सुरसार नै छैन । तर पहुँचवालाले भने भित्रभित्र यस्तो डोज लगाइसकेको बताइएको छ । यो गम्भीर पक्षपात हो । अहिले त्यस्तो डोज दिन सकिँदैन भने स्पष्ट भनिदिए हुन्छ । यो खोप आफ्नो देशमा उत्पादन हुने होइन । तर जब राज्यका नजिक रहेकाहरूले भने त्यो सुविधा पाउँछन् र निमुखा भने हेरेको हे-यै हुन्छन् भने आफ्ना नागरिकप्रति सरकार जिम्मेवार नभएको उदाहरण हो । पहुँचवाला त्यसै पहुँचमा हुन्छन् । राज्य चाहिने त निमुखालाई हो नि ।
यो डोजका लागि नागरिक प्रतीक्षामा रहेका बेला सरकारले भने नयाँ अपिल ग¥यो, जसमा यो डोजको चर्चा समेत छैन । यता खोप यति बढी मात्रामा आइसकेका रहेछन् जो भण्डारण हुन नसकेर र समयमा दिन नसकेर सडिरहेका छन् । त्यस्तो बेला बुस्टर डोज चलाइदिए के बिग्रिन्छ भन्ने प्रश्न उठ्छ नै । तर सरकार भने त्यो पक्षमा देखिएन । सरकारका प्रवक्ताले गरेको अपिलले नै सो कुरा बुझाउँछ । प्रवक्ताको अपिलमा भनिएको छ– ‘प्रधानमन्त्रीले मुलुकको कार्यभार सम्हाल्दै गर्दा जनताको जीवनरक्षाका निमित्त खोप लगाउन बाँकी सबै नेपालीलाई चैतभित्र पूरा गर्ने अठोट गर्नुभएको थियो, त्यो प्रतिबद्धता विश्वासमा परिणत भएको छ, आज खोपको सन्त्रासबाट बिस्तारै हाम्रो समाज उन्मुक्तितर्फ अगाडि बढेको छ, चैत्रभित्र सरकारले खोपसँगै आर्थिक व्यवस्था पनि गरेको छ, अब यसलाई सफल बनाउनु सबैको उत्तिकै भूमिका हुन्छ ।’
यो अपिलमा बुस्टर डोजको कतै चर्चा छैन । प्रवक्ताको यस्तो अपिल आउँदा अर्थमन्त्रीचाहिँ खाोपको अवस्थाबारे बताइरहेका थिए । उनका अनुसार नेपाली जनतालाई पूर्ण खोपको अवस्थामा पु-याउनेबित्तिकै मुलुकको आर्थिक वृद्धिमा मदत पुग्नेछ । खोप र अन्य सामग्रीका लागि बजेटको कुनै समस्या छैन ।
जनशक्तिको अभाव भएमा त्यसका लागि पनि व्यवस्थापन गरिनेछ, यो अभियान सफल बनाइनेछ । यो पहिलो डोजको सन्दर्भ हो । उनले दिएको संकेतअनुसर डोज जुनसुकै होस् सरकारसँग साधनस्रोतको पर्याप्तता छ । त्यसो हो भने उपलब्ध भएका डोजहरू किन खेर जान दिने ? यो पछिल्लो समयमा थपिएको डोज पनि अनिवार्य नै हो भने यसलाई पनि अभियानकै रूपमा चलाए हुँदैन ? राज्यले सोचोस् ।
त्यसै पनि कोरानाबाट जोगिन खोप अभियानका लागि हालसम्म राज्यको ३३ अर्ब २४ करोड खर्च भइसकेको छ । अर्थमन्त्रीका अनुसार अहिले अभियानका लागि ३३ अर्बबराबरको कोष रहेको अवस्था छ । यसको अर्थ हो यो डोजका लागि पनि नयाँ स्रोत जुटाइरहनु पर्दैन । समाचार विवरणमा आएअनुसार नेपालमा पछिल्लो समय यो खोपको यतिखात लागेको छ, राख्ने ठाउँ समेत छैन । आजको मितिसम्म विभिन्न मुलुकबाट कुल तीन करोड ८५ लाख ३९ हजार दुई सय ८० मात्रा खोप आइसकेको छ । भेरोसेल, कोभिसिल्ड, फाइजर, मोडर्ना जोन्सन एन्ड जोन्सन र अस्ट्राजेनिका आदि छन् । यी सबै तेस्रो मात्रा दिन मिल्ने खोप हुन् । अहिलेसम्म दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनाले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । यी सबैले के बुझाउँछ भने तेस्रो डोजका लागि अभियान चलाए मात्राको कुनै कमी हुने छैन ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया