‘प्रेसिडेन्सियल आईटी कन्क्लेभ’ आयोजना
काठमाडौं । शिक्षा क्षेत्रमा एक परिचित संस्था प्रेसिडेन्सियल बिजनेस स्कुलले आइटी कन्क्लेभ २०२१ को आयोजना गर्न लागेको छ । होटल याक एण्ड यतीमा आज बिहीबार आयोजना हुने कन्क्लेभमा तीन महत्वपूर्ण प्यानल सेसनहरु सञ्चालन हुनेछन् ।
दोस्रो संस्करणको रुपमा आयोजना हुनलागेको कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरु र त्यसले ल्याएको व्यावसायिक परिवर्तनबारे छलफल गरिनेछ । कार्यक्रममा आईटी उद्योगको भविष्य र यसले आउँदा दिनमा समाज तथा कार्यक्षमतामा पार्ने प्रभावजस्ता विषयवस्तुमा पनि प्यानल डिस्कसन सञ्चालन गरिने कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । त्यस्तैगरी कार्यक्रममा विभिन्न क्षेत्रको मानिसहरुलाई आईटी उद्योगको महत्व र यसले सिर्जना गर्ने रोजगारीको अवसरबारे जानकारी दिइनेछ । आईटी पढ्न खोज्ने तथा यस क्षेत्रमा करियर बनाउन खोजिरहेका र आईटीका इमर्जिङ ट्रेन्ड र रिसर्चमा चासो राख्नेहरुको लागि यो कार्यक्रम महत्वपूर्ण हुने कलेजका आईटी प्रोग्राम संयोजक सुरेश मानन्धरले बताए ।
तीन विभिन्न चरणमा हुने यस कार्यक्रममा पहिलो सेसनको छलफलमा एसोसियट प्रोफेसर डा. बालकृष्ण बल, डा. विशेष खनाल, एसोसियट प्रोफेसर डा.सञ्जीव प्रसाद पाण्डे र प्रनिता कार्की रहेका छन् । दोस्रो सेसनमा दृष्टि कंसाकार, प्रकाश अर्याल, यास्मिन भट्टराई र राजन कोइराला रहेका छन् भने अन्तिम सेसनका लागि प्रमोद पराजुली, रुचिन सिंह, डा.भोगेन्द्र मिश्र र मोना न्याच्छ्योनको सहभागिता रहनेछ । कलेजले कार्यक्रममा प्यानेल डिस्कसनसँगै क्यू एण्ड ए सेसन पनि समावेश गरेको छ । कार्यक्रममा कि–नोट स्पीकरको रुपमा प्रोफेसर डा.शशिधर राम जोशी रहेका छन् ।
अमेरिकन बिजनेस तथा आईटी डिग्री प्रदान गर्दैै आइरहेको कलेजले गत वर्षदेखि आईटी कन्क्लेभको सुरुवात गरेको हो । ब्याचलर्स र मास्टर्समा आईटी शैक्षिक कार्यक्रमहरु सुरु गरेपछि कलेजले आईटी क्षेत्रमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । गत मसिंर महिनामा लिभिङ विथ आईसीटीको सहकार्यमा कलेजमा स्टार्टअप एण्ड आइडिया फेस्टको आयोजना भएको थियो । यस वर्षको आईटी कन्क्लेभले सूचना प्रविधि, यसको सम्भावना तथा अवसरको लागि छलफल गर्ने एउटा महत्वपुर्ण प्लाटफर्म हुने कलेजका कार्यकारी अध्यक्ष केसीले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- शिखर इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक
- मेटलाइफ फाउन्डेसनको सहयोग
- मुक्तिनाथ फाइदा एप सञ्चालनमा
- उपकार लघुवित्तको नाफा २७ लाख
- नेपाल लाइफको नाफा २० करोड ५४ लाख
- आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ करोड ५० लाख
- आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा छ करोड १० लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया