पहुँचका आधारमा कारबाही रोक्ने परिपाटीको अन्त्य हुुनुपर्छ
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा घोटाला प्रकरणमा दुई जना व्यक्तिलाई पक्राउ ग-यो । सीआईबीकै भाषामा भन्नुपर्दा ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलियाको भूमिका निर्वाह गरेको अभियोगका आधारमा दुई व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा ललिता निवास जग्गामा बिचौलियाको भूमिका निर्वाह गर्ने काठमाडौं महानगरपालिका १३ ताहाचल बस्ने ५७ वर्षीय रामकुमार सुवेदी र ताहाचल नै बस्ने ५५ वर्षीया माधवी सुवेदी रहेका छन् । पक्राउ परेका दुईमध्ये रामकुमारको हैसियत सरकारी जग्गा गुठीको नाममा बनाई हाल उक्त जग्गा निज रामकुमार सुवेदी समेतको नाममा रहेको र माधवीको हैसियत सरकारी जग्गा गुठीको नाममा बनाई हाल उक्त जग्गा निज माधवी सुवेदी समेतको नाममा रहेको देखिएको छ ।
सरकारी जग्गा हिनामिना र नोक्सानी पु-याएको भन्ने समेत व्यहोराको लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानको क्रममाती दुई व्यक्तिहरूलाई पक्राउ गरिएको सीआईबीले भनाइ छ । समरजंग कम्पनीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रामकुमार सुवेदी समेतका प्रतिवादीहरूले तत्कालीन श्री ५ को सरकारबाट रीतपूर्वक मुआब्जा दिई अधिग्रहण गरिएको काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका ४ बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा विभिन्न व्यक्तिहरूको संलग्नतामा झुटो र किर्ते समेतको फरक व्यहोराको प्रस्ताव पेस गरी, कानुनको दुरूपयोग र अपव्याख्या एवं मन्त्रिपरिषद्को निर्णयविपरीत समेत गरी बदनियतपूर्वक राज्यलाई हानि हुनेगरी नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा अन्य व्यक्तिहरूलाई फाइदा हुनेगरी सार्वजनिक र सरकारी जग्गा हिनामिना र हानिनोक्सानी पु-याएको भन्ने समेत व्यहोराको लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानको क्रममा ती दुई व्यक्तिहरूलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ ।
सीआईबीका अनुसार पक्राउ परेका दुवै व्यक्तिहरूलाई मंगलबार नै काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान जारी राखिएको छ । पक्राउ परेकाहरूलाई सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान गर्नु सीआईबीको कर्तव्य र दायित्व दुवै हो । सीआईबीले यो गर्नै पर्छ र गरेको पनि छ । तर ठूलालाई उन्मुक्ति दिनकै लागि साना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिएको हो भने यो कदापि न्यायोचित नहुन सक्छ ।
किनकि ललिता निवास जग्गा घोटाला विनापहुँच नभएको विभिन्न घटनाक्रमहरूले देखाएका छन् । उक्त जग्गा घोटाला प्रकरणमा केही व्यक्तिहरू विगतमा पनि पक्राउ परेका थिए । तीमध्ये केही व्यक्तिहरू छुटिसकेका पनि छन् । केही व्यक्तिहरूले जरिवाना पनि तिरेका छन् । अहिले सीआईबीले सोही घटनाको सूक्ष्म अनुसन्धान गर्दै मुख्य बिचौलिया भनिएकालाई पक्राउ गरेको छ । अब भने सीआईबी ललिता निवास जग्गा घोटालाको मुख्य अभियुक्तसम्म पुग्नै पर्छ ।
दोषीलाई अनुसन्धानको दायरा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउनै पर्छ । राजनीतिक र अन्य पहुँचका आधारमा मुख्य दोषीलाई उन्मुक्ति दिन नहुने गरी मुख्य दोषीलाई कारबाहीको दायरामा ल्याउनै पर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया