Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योग संगठन र श्रीलंकाली राजदूतबीच व्यापार सहजीकरण गर्ने समझदारी

उद्योग संगठन र श्रीलंकाली राजदूतबीच व्यापार सहजीकरण गर्ने समझदारी


विराटनगर । उद्योग संगठन मोरङ र श्रीलंकाको बीचमा हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्द्धन र विकासका लागि आपसी अनुभव, सीप तथा प्रविधि, पर्यटन, व्यापारका क्षेत्रमा सहकार्य गर्ने गरी संगठन र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाबीच सहमति भएको छ ।

श्रीलंकाली दूतावास काठमाडौंमा राजदूत अरुणतिलकासँग संगठनको प्रतिनिधिले भेट गरेको थियो । भेटमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले श्रीलंका र नेपालबीच पौराणिक कालदेखि नै मित्रवत् सम्बन्ध रहँदै आएको बताए । दुई देशबीच धार्मिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरु समेतमा भएको समानतालाई आर्थिक एवं व्यावसायिक महत्वमा रुपान्तरणको सम्भावनाबारे उनले आफ्ना धारणा राखेका थिए ।

प्याकुरेलले औद्योगिक क्षेत्रमा विशेष गरी चिया, गार्मेन्ट्स तथा निर्माणको क्षेत्रका साथै श्रीलंका र नेपालबीच सिधा हवाइ उडान समेत प्रारम्भ भइसकेको हुँदा पर्यटन क्षेत्रमा समेत श्रीलंका र नेपालका बीच व्यावसायिक सम्बन्धको विकास गर्न आग्रह गरे । नेपाली उद्योगी र श्रीलंकाली उद्योगीहरुबीच सम्बन्ध विस्तारका लागि सहजीकरण गरिदिन उनले राजदूतलाई आग्रह समेत गरेका थिए ।

निर्यातमूलक उद्योगहरुको प्रवद्र्धनका लागि श्रीलंकाले गरेको सफल अभ्यासको अनुभव तथा प्रयासबारे नेपाली उद्योगीहरु जान्न र बुझ्न उत्सुक रहेको भन्दै अध्यक्ष प्याकुरेलले श्रीलंकाली राजदूतको ध्यानाकर्षण समेत गरेको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवसरमा श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले श्रीलंका र नेपालबीच उत्पादनमूलक उद्योग, निर्माण, पर्यटन लगायतका धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुई मुलकका औद्योगिक तथा व्यवसायीहरुबीच राजदूतावासले निरन्तर सहजीकरण गर्न तत्पर रहेको उल्लेख गरिन् । उनले संगठनको टोलीलाई श्रीलंकाको भ्रमणका लागि आमन्त्रण समेत गरेकी थिइन् ।

उक्त भेटघाट कार्यक्रममा श्रीलंकास्थित सरकारी तथा व्यावसायिक संघ/संस्था तथा सम्बन्धित औद्योगिक पक्षहरुसँग संस्थागत व्यावसायिक भेटघाट तथा बीटुबी मिटिङहरुको सहजीकरण दूतावासले गरिदिने वाचा समेत श्रीलंकाली राजदूतले गरेको संगठनले जनाएको छ ।

उक्त अवसरमा दूतावासकै पहलमा उद्योग संगठन मोरङ र सिलोन नेशनल चेम्बरअफ इण्डष्ट्रिजका बीच संस्थागत सहकार्यका लागि आगामी २७ जनवरीमा दुवै संस्थाबीच मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ (एमओयू)मा हस्ताक्षर गर्ने कार्यक्रम समेत तय भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x